
-सरोज निरौला
उदयपुर । जिल्लाको पूर्वी भेग बेलका नगरपालिकाबाट २ युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार बेलका-९ रामपुरबाट स्कुटर चेक जाँचको क्रममा चालक बेलका-३ का २६ वर्षीय मुस्कान राई र पछाडि सवार २१ वर्षीय खम्बबहादुर दाहाल पक्राउ परेका हुन् । उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम बरामद भएको छ ।
प्रहरीले उनिहरु सवार स्कुटर चेकजाँच गर्ने क्रममा दाहालको गोजी भित्र लुकाएर राखेको बेला ब्राउन सुगर बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका दुबै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताउनुभयाे । पछिल्लो समय प्रहरीले दिनहुँजसो लागुऔषद प्रयोगकर्तालाई पक्राउ गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच