
रौतहट । रौतहटमा पानी तान्ने मोटरबाट करेन्ट प्रवाह भइ एक जनको मृत्यु भएको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ३ औरैया निवासी मेराजुल मियाको अन्दाजी ७ बर्षिय छोरा आलम मियाको पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विहिवार करिब १० बजेको समयमा खेल्दै गरेका उनी आफ्नै छिमेकीको कलमा जडान गरिएको पानी तान्ने मोटरमा टाँसिन पुग्दा करेन्ट प्रवाह भएर मृत्यु भएको हो ।
करेन्ट लागेपछि उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले जानकारी गराउनु भयो ।
करेन्ट लागेर मृत्यु भएका आमल मियाको प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच