
काठमाडौं । चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को काठमाडौं आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिनुभएको छ । फेरि टेल पिक्चर्सको व्यानरमा निर्माण भएको यो चलचि आउँदो वैशाख २६ (मे ९)मा सिनेमाघरमा आउँदैछ । फूर्वा छिरिङ लामाको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिञ्जिङ लेप्चा रहनुभएको छ ।
सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई चलचित्रले बोल्नेछ । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो चलचित्र एकसाथ प्रदर्शनमा आउने बताइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच