
हेटौंडा। सामाजिकसञ्जाल भनेको कुनै पनि प्रोग्राम जस्तै फेसबुक, भाइबर, इन्स्टाग्राम र युट्युब आदि हुन् । यसबाट हामीले फाइदा र बेफाइदा दुवै लिइरहेका छौं । खासगरि सामाजिकसञ्जालले कलिला बालबच्चाहरुलाई ठूलो असर पुर्याइरहेको छ ।
उनीहरु धेरैजसो समय मोबाइलमा बिताउछन । तर, यसले पार्ने असरप्रति जिम्मेवार व्यक्ति को ? स्कुल वा अभिभावक ? बालबालिका मोबाइलमा जे देखिन्छ र जे सुनिन्छ, त्यसको दुरुस्त नक्कल गर्ने गर्छन् । जसले गर्दा ती ससाना बालबालिकाको दिमागमा ठूलो असर परिरहेको हुन्छ । पछिल्लो समय अनलाइन बालयौन शोषणका स्वरुप फेरिएका छन् । पछिल्लो समय बालबालिकाको अश्लील चित्र गास्ने, अनलाइन खेल र यसको लत, यौनजन्य तस्वीरसहित सन्देश, यौन फिरौती, प्रत्यक्ष अनलाइन बालयौन दुव्र्यवहार, साइबर हेपाइ, आर्टिफिसियल इन्टेलिजेन्स र अनलाइन बालयौन दुर्व्यहार, अश्लील तथा अन्य हानिकारक सामग्री अवलोकन पहुँच /प्रभाव र अनलाइन माध्यम प्रयोग गरी बालविवाह तथा बालबालिका ओसार-पसारजस्ता स्वरुप छन् ।
यी घटनाबाट बालबालिकालाई कसरी अलग राख्ने भन्ने विषयमा हेटौंडामा 'अनलाइनमा बालबालिका संरक्षणको सवालमा अन्तर्क्रिया तथा समन्वयकारी भूमिका’ विषयक छलफल गरिएको छ ।
सिविनको आयोजनामा बिहीबार उक्त कार्यक्रम भएको हो । सिवन प्रमुख झबिन्द्र ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।
अनलाइन बालयौनशोषण तथा दुरुपयोगको बढ्दो खतराबारे जनचेतना फैलाउनुका साथै यसले बालबालिकामा पार्ने गम्भीर असर उजागर गर्न, अनलाइन बालसंरक्षण विषयमा सरकारी निकाय, गैरसरकारी संघसंस्था र सरोकारवालाबीच समन्वयमा देखिएका कमजोरीबारे छलफल गर्ने, अनलाइन बालयौन रोकथाम तथा समाधानका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य मजबुत बनाउने उद्धेश्यले कार्यक्रम गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा कानुन र अपराध, अनलाइनका फाइदा, अनलाइनको लत, अनलाइन बालयौन शोषणबाट बालबालिकालाई जोगाउन स्थानीय तहको भूमिका, शैक्षिक संघसंस्थाहरुको भूमिका, सामुदायिक स्वयम्सेवक तथा बालक्लबका पदाधिकारीको भूमिका, बालबालिकाविरुद्ध अधिकरुपमा भइरहेको साइबर अपराधका प्रकृति, साइबर अपराधका कारण, बालअधिकार संरक्षणमा सरोकारवालाको भूमिका, अनलाइन बालयौन शोषणका स्वरुपहरु र इन्टरनेट अनलाइनबाट सचेत रहने सुझावबारे सिविन केन्द्रीय कार्यालय परियोजना व्यवस्थापक माधब लोहनीले प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा सहायक प्रजिअ राजेन्द्रप्रसाद कँडेल, प्रदेश नीति तथा योजना आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारी, प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग अधिकृत कृष्ण मिश्र, जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय एकाईं, जिल्ला सरकारी वकिल कार्यालयका उत्तमप्रसाद बस्नेत, ओसीएमसी हेटौंडा उपमहानगर बालकल्याण अधिकारी बिना थिङ, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा र पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच