
-चञ्चलकुमार झा
रौतहट । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी महिलाको मृत्यु भएको हाे । दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् घाइते भएका छन् ।
विहिवार साँझ करिब साढे सात बजेको समयमा मौलापुरबाट गम्हरिया तर्फ जादै गरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आउदै गरेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार रहेकी ४५ वर्षिय सिता देवी साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।
घटनाको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी टोलीले ठक्करबाट घाइते दुबै जनालाई तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल गौर पुगेकी सिता देवी साहको मृत्यु भइ सकेको चिकित्सकले घोषणा गरेका थिए । उनका श्रीमानको उपचार पछि अवस्था समान्य भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डिएसपी रायकाअनुसार ठक्कर दिने ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मौलापुरको नियन्त्रमा रहेको छ भने ट्याक्टर चालक मौलापुर नपा ३ बस्ने रामेश्वर साहको छोरा वर्ष २५को संदेश साह फरार रहेको र निजको खोजतलास भईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच