
सिन्धुपाल्चोक चौतारा स्थायी घर हुनुभएकी अञ्जु सुनारले कला क्षेत्रमा आफ्ना प्रस्तुतिमार्फत् धेरैको मन जित्न सफल हुनुभएको छ । बाबा मूलबहादुर विक र आमा रत्नकुमारीको कोखबाट जन्मिनुभएकी उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन पस्किरहनुभएको छ । अञ्जु ०७५ देखि निरन्तर यो क्षेत्रमा हुनुुहुन्छ । नृत्यमा पारंगत उहाँ अभिनयमा पनि त्यत्तिकै कुशल हुनुहुन्छ । स्कुलमा नृत्य प्रशिक्षकका रूपमा पनि रहनुभएकी अञ्जुले लोक, आधुनिक साथै अन्य गीतका भिडियोमा आफ्नो कौशलता प्रदर्शन गर्नुभएको छ । ‘उलुलु’, ‘नक्कली नानी’, ‘दशैँ आयो, तिहार आयो’, ‘रानीझैं गमक्क’, ‘के भनौं र खै’, ‘ढाँटे मरी जाउँ’, ‘माइतीको आँगन’लगायतका गीतका सयौं भिडियोमा उहाँले अभिनय एवं नृत्य गर्नुभएको छ । देशभरका विभिन्न स्टेज कार्यक्रममा समेत व्यस्त रहँदै आउनुभएकी अञ्जुले यस क्षेत्रमा लागेर मान, सम्मान, पुरस्कार एवं अवार्डसमेत प्राप्त गर्नुभएको छ । सानैदेखिको नृत्य भनेपछि हुरुक्क हुने बानीले यतिबेला यो क्षेत्रमा स्थापित भएको उहाँको भनाइ छ । नृत्य एउटा कला रहेको बताउनुहुने अञ्जु सुनारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
म आफ्नै कर्ममा व्यस्त रहँदै आएकी छु । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवका साथै गीत भिडियोहरूमा व्यस्त छु भन्नुपर्ला । यतिबेला नयाँ वर्ष २०८२ का लागि हुने विभिन्न कार्यक्रममा संलग्न हुँदैछु ।
सिन्धुपाल्चोक चौतारा स्थायी घर हुनुभएकी अञ्जु सुनारले कला क्षेत्रमा आफ्ना प्रस्तुतिमार्फत् धेरैको मन जित्न सफल हुनुभएको छ । बाबा मूलबहादुर विक र आमा रत्नकुमारीको कोखबाट जन्मिनुभएकी उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन पस्किरहनुभएको छ । अञ्जु ०७५ देखि निरन्तर यो क्षेत्रमा हुनुुहुन्छ । नृत्यमा पारंगत उहाँ अभिनयमा पनि त्यत्तिकै कुशल हुनुहुन्छ । स्कुलमा नृत्य प्रशिक्षकका रूपमा पनि रहनुभएकी अञ्जुले लोक, आधुनिक साथै अन्य गीतका भिडियोमा आफ्नो कौशलता प्रदर्शन गर्नुभएको छ । ‘उलुलु’, ‘नक्कली नानी’, ‘दशैँ आयो, तिहार आयो’, ‘रानीझैं गमक्क’, ‘के भनौं र खै’, ‘ढाँटे मरी जाउँ’, ‘माइतीको आँगन’लगायतका गीतका सयौं भिडियोमा उहाँले अभिनय एवं नृत्य गर्नुभएको छ । देशभरका विभिन्न स्टेज कार्यक्रममा समेत व्यस्त रहँदै आउनुभएकी अञ्जुले यस क्षेत्रमा लागेर मान, सम्मान, पुरस्कार एवं अवार्डसमेत प्राप्त गर्नुभएको छ । सानैदेखिको नृत्य भनेपछि हुरुक्क हुने बानीले यतिबेला यो क्षेत्रमा स्थापित भएको उहाँको भनाइ छ ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
नाच्न भनेपछि सानैदेखि हुरुक्क हुन्थेँ म । मलाई घरका परिवारका सदस्यले भनेअनुसार म सानैमा पनि नाचिरहेकी हुन्थेँ । जे गर्दा पनि मेरा हाउभाउले नृत्य गरिरहेका हुन्थे । मेरो अबोध मस्तिष्कमा नृत्य रहेको थियो सायद । बढ्दै जाँदा यसतर्फ धकेलिँदै गएँ । गाउँघरमा हुने विभिन्न कार्यक्रमका साथै पछि काठमाडौं आएपछि औपचारिक रूपमा नै यो क्षेत्रमा होमिएँ । सायद म नृत्य र अभिनयका लागि नै जन्मिएकी हुँ कि ।
औपचारिक रूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
माथि पनि भनेँ सानैदेखि यो क्षेत्रमा छु । तर, तपाईंले भने जस्तै औपचारिक रूपमा चाहिँ ०७५ देखि निरन्तर छु ।
प्रायः कस्ता गीतमा नृत्य एवं अभिनय गर्नुहुन्छ ?
मैले सबै प्रकारका गीतमा नृत्य एवं अभिनय गरेकी छु । लोकगीत अलिक धेरै छन् । आधुनिक गीत पनि त्यत्तिकै छन् । अन्य गीतहरू पनि रहेका छन् ।
यहाँको नृत्य एवं अभिनय रहेका केही गीतको नाम लिनुपर्दा ?
सयको हाराहारीमा गीतका भिडियो श्रोता/दर्शकमाझ आएका छन् । आफूले नृत्य एवं अभिनय गरेको सबै राम्रै लाग्छ । फेरि पनि अलिक गर्न सकिन्थ्यो यहाँनेर कमी कमजोरी भएछ भन्ने हुन्छ जहिल्यै । अर्थात् अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । यहाँले भने जस्तै केहीको नाम लिनुपर्दा ‘उलुलु’, ‘नक्कली नानी’, ‘दशैँ आयो, तिहार आयो’, ‘रानीझैं गमक्क’, ‘के भनौं र खै’, ‘ढाँटे मरी जाउँ’, ‘माइतीको आँगन’लगायतका थुप्रै रहेका छन् । प्रमोद खरेल, रचना रिमाल, एलिना चौहान, रवि ओडलगायत थुप्रैका स्वर रहेका गीतमा नृत्य एवं अभिनय गरेकी छु ।
यहाँले स्कुलमा नृत्य पनि सिकाउनुहुन्छ, साना भाइबहिनीलाई नचाउनु र ठूला स्टारहरूसँग नचाउनुमा कस्तो भिन्नता पाउनुभयो ?
मैले नाच्न त धेरै नाम चलेका कलाकार सुधिर श्रेष्ठ, केकी अधिकारी, शिल्पा पोख्रेल, गीता ढुंगेल, करिश्मा मानन्धर, सञ्जित भण्डारी, दिनेश मुस्कानलगायत थुप्रै कलाकारसँग नृत्य गरेकी छु । तर, साना भाइबहिनीलाई नचाउनुमा छुट्टै आनन्द आउँछ । प्रायः चलचित्र क्षेत्रका सबैजसो कलाकारसँग मैले काम गरिसकेकी छु । बच्चासँग नाच्दा आफैं बच्चा भएजस्तो लाग्ने, छुट्टै मज्जा आउने रहेछ । बच्चाबाट पनि धेरै कुरा सिक्ने मौका पनि पाइन्छ ।
नृत्य के रहेछ ?
मलाई के लाग्छ भने नृत्य भनेको एउटा कला हो, जति सिके पनि पुग्दैन ।
आफ्ना कार्यबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यस क्षेत्रमा पूर्ण रूपमा सन्तुष्ट छु । किनकि यो मेरो कर्म क्षेत्र हो । मलाई यस क्षेत्रमा लागेर कुनै गुनासो नै छैन । जति नाचिन्छ, उति नै धेरै स्वस्थ भइन्छ । म यस क्षेत्रबाट सम्पूर्ण रूपमा खुसी छु ।
यस क्षेत्रबाट आम्दानीको स्थिति के छ ?
यस क्षेत्रबाट आम्दानी हुँदैन भनेर म भन्दिनँ । यसमा आफूले जति गर्न सक्यो उति नै धेरै कमाइ गर्न सकिन्छ । सर्वप्रथम यस क्षेत्रमा लाग्दा काममा इमान्दारिता र पेशाप्रति लगनशील हुनुपर्छ । गफमात्र जानेर हुँदैन, आफ्नो कौशलता देखाउनुपर्छ । आफ्नो पेशाप्रति लगनशील भएर काम गरे नहुने केही छैन ।
नृत्यले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ भन्छन् नि ?
हो नि नृत्यले हाम्रो शरीरलाई फुर्तिलो बनाउँछ । नृत्य तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । जुन क्यालोरी घटाउन, मांसपेसीहरू मजबुत पार्न, शरीरलाई टोन गर्न सहयोग गर्दछ । नृत्यले भावनाहरूको सकारात्मकता दिन्छ, मुड उच्च पार्छ, आत्मसम्मान र आत्मविश्वास बढाउँदछ । नृत्य गर्दै तपाईं अनुशासन, प्रशिक्षण र प्रेरणा कायम राख्न सक्षम हुनुहुनेछ ।
नृत्य कि अभिनय ?
नृत्यबिना म अभिनय गर्न सक्दिनँ भने अभिनयबिना नृत्य गर्न सक्दिनँ । त्यसैले मेरा लागि यी दुवै विधा एकअर्काका पूरक हुन् ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
सर्वप्रथम त यस क्षेत्रमा आउने हो भने मिहिनेत, इमान्दारिता र पूर्ण रूपमा सिकेर लाग्नुहोला । यस्तो चिज आफूसँग राख्नुहोस् जुन चिज सधैं काम लागिरहोस् । यो चिज तपाईंको हतियार बनोस् । आफ्ना गुरुहरू तथा जानकारहरूप्रति सम्मान तथा आफूभन्दा सानालाई माया देखाउनुहोस् । आफूले जानेको कुरा सिकाउन कहिल्यै पनि पछि नहट्नुहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच