
झापा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको हुटमा बसेर हात हल्लाउँदैमा राजा नभइने बताउनु भएको छ । उहाँले दुईचार मान्छेले राजा फर्काउँछौं बनेर सडकमा उदण्ड मच्चाउँदैमा राजतन्त्र नफर्कने दाबीसमेत गर्नुभयो ।
शनिबार आफ्नै गृहनगर झापाको दमकमा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय जागरणसभालाई सम्बोधन गर्दै उहाँले राजा फर्काउछौँ भन्दै हिँड्नेहरुलाई प्रधामन्त्री र मन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने कटाक्ष गर्नुभयो ।
'राजनीति भनेका थाहा नै नपाएकाले ढुंगा हानेकै भएरमा देश चलाउँछु भनेर उधुम मच्चाएको पनि देखियो' प्रधानमन्त्री ओलीले भन्नुभयो,'यी कस्ता तत्व हुन् , चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रष्टै देखियो, ठुला कुरा,गर्ने, रक्सी चोर्दै भाग्ने र स्याउ चोर्नेले कस्तो राजतन्त्र ल्याउछन् ?' ड्राइभिङ गर्न नजान्नेले राम्रोसँग गाडी चलाउँछु भनेर जनतालाई छक्याएको उहाँको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा भइरहेको बताउनुभयो।देशलाई स्थिरता र स्थायित्व चाहिएको उल्लेख गर्दै उहाँले देशमा सुशासन र विकास भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच