
काठमाडौं । एरो फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यमा १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच एरो फर्मास्युटिकल्सका सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
एरो फर्मास्युटिकल्सको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–३, वसुन्धरामा रहेको छ भने कारखाना भक्तपुरको सुडालमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच