
भक्तपुर । भक्तपुरमा चलिरहेको विस्का जात्राको चौथो दिन आइतबार राति रथको पाङ्ग्राले किचेर एक युवकको ज्यान गएको छ।
भैरवनाथको रथ गहिटीबाट भेलुखेलतर्फ लैजाने क्रममा राति करिब ८ बजे भक्तपुर नगरपालिका–४ गहिटीका ३४ वर्षीय सुशील तमखु रथको पाङ्ग्राले किचिँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी ख्वप अस्पताल पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए।
परम्पराअनुसार विस्का जात्राको क्रममा मृत्यु भएकाको शव पोस्टमार्टम नगरी परिवारलाई जिम्मा दिने प्रचलन रहेको र सोही अनुसार शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच