लर्डबुद्धको रजत जयन्ती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेसनले २५औँ रजत जयन्ती मनाएको छ । २५ वर्षअघि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउण्डेसनले प्राविधिक शिक्षाको दीर्घकालीन सोच बनाएको थियो । आइटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउण्डेसनबाट हालसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र हाल सातै प्रदेशमा एक-एकजना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउण्डेसनले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृतसमेत गर्दै लगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?