
काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिककाे वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते सोमबार हिमालय टाइम्सले आफ्ना कर्मचारी तथा शुभेच्छुकहरूसहितकाे वनभोज कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रम ललितपुरको गोदावरीमा सम्पन्न भएको हो । वनभोज कार्यक्रममा हिमालय टाइम्स परिवारका प्रकाशक, सम्पादन मण्डल, कर्मचारी तथा शुभेच्छुक लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले मनोरञ्जनात्मक गतिविधिहरू गायन-नृत्य लगायत विभिन्न प्रकारका रमाइला प्रतियोगितात्मक खेलहरु, स्वादिष्ट भोजन र रमाइलो वातावरणको आनन्द लिएका थिए।
यो कार्यक्रमले कर्मचारीहरूलाई एकअर्कासँग घुलमिल हुने र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।
हिमालय टाइम्सले आयोजना गरेको वनभोज कार्यक्रमले नयाँ वर्ष २०८२ को अवसरलाई थप रमाइलो र यादगार बनाएको थियो।
हिमालय टाइम्सले प्रायः वर्षको एक दिन आफ्ना कर्मचारीहरुबीच वनभोज कार्यक्रमको आयोजना पनि गर्ने गरेको छ ।
हेर्नुहोस् केही तस्वीरहरु
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच