
काठमाडाैं । यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानहरूको गर्जन सुनिएको बताइएको छ । हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीकाअनुसार अमेरिकी युद्धक विमानहरूले उत्तरी प्रान्त मारिब र अल-जौफमा दुई थप आक्रमण गरेका छन् । पछिल्लो हवाई आक्रमणले उत्तरी यमनमा दिनभर अमेरिकी हवाई आक्रमणको कुल संख्या २५ पुगेको उल्लेख गरिएको छ ।
उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् । यमनमा आधारित मिलिशियाले इजरायलले गाजामा जारी युद्ध समाप्त गरे र आवश्यक खाना र औषधिलाई पट्टीमा प्रवेश गर्न दिएमा कारबाही बन्द गर्ने दाबी गरेको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच