बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ बाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताका लागि नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरको सातदोबाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।

फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य-सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने तय भएको छ ।

प्रतियोगितामा विभिन्न विधामा गरी एक हजार ७५ महिला, एक हजार ४२७ पुरुष खेलाडी, १७३ प्रशिक्षक, १४२ व्यवस्थापक र २७६ निर्णायकको सहभागिता रहने सदस्य-सचिव भण्डारीले बताउनुभयो । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?