त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४-१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ कार्की, सुदिल राई र पदम मोक्ताङले गोल गर्नुभएको थियो । पराजित रोलिङ क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टीमार्फत् खेलको ६४औँ मिनेटमा एक गोल फर्काउनुभयो ।

खेलको सुरुवाती चरणबाटै झापालाई दबाबमा राखेको आर्मीले तेस्रो मिनेटमा अग्रता बढायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मी ४-१ गोल अन्तरको स्पष्ट जितसहित सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पिजङ कार्की घोषित हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो । योसँगै इटहरी गोल्डकपको क्वाटरफाइनल समीकरण यात्रा पूरा भएको छ । शनिबार हुने फाइनल खेल विजेताले नगद १० लाख तथा उपविजेताले पाँच लाखका साथै ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?