वानेश्वरमा हाइस्प्रिरिट्स फिटनेस सेन्टर

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको पुरानो वानेश्वरमा हाइस्प्रिरिट्स फिटनेस सेन्टर सञ्चालनमा आएको छ । कोरोनाअघिसम्म सिनामंगलमा रहेको ओएस्टर फिटनेस क्लबले नाम परिवर्तन गर्दै नयाँ व्यवस्थापनसाथ पुरानो वानेश्वरमा पुनः सञ्चालनमा ल्याएको हो । उक्त फिटनेस क्लबको गणतन्त्र दिवसको दिन पारेर आइतबार औपचारिक उद्घाटन गरिएको थियो ।

काठमाडौं महानगरपालिका १० का वडाध्यक्ष रामकुमार केसी, स्थानीयवासी तथा नेपाल सरकारका निवृत्त वरिष्ठ अधिकृत जया भट्टराई, दुईपटकको सगरमाथा आरोही समिर थापा र पञ्चकन्याहरूले संयुक्तरूपमा क्लबको उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष केसीले आफ्नो वडामा स्वस्थ रहन आवश्यक पर्ने पिटनेस सेन्टर खोलिएकोमा खुशी व्यक्त गर्नुभयो ।

एमाले नेता केशव स्थापित, कलाकारहरू दिपाश्री निरौला, निराजन श्रेष्ठ, प्रकाश शाह, रेमन्डदास श्रेष्ठ र यस वर्षको धर्मश्री प्रतियोगिता विजेता आश्वत स्थापितलगायतले फिटनेस सेन्टरको अवलोकन गर्नुभएको क्लबले जनाएको छ । साथै ओपनिङ अफरअन्तर्गत एकवर्षे प्याकेजको सेवा लिनेले थप तीन महिनासहित १५ महिनाको प्याकेज पाउने तथा २२ प्रतिशत थप छुटको व्यवस्था गरिएको सञ्चालक अजित शर्माले जानकारी दिनुभएको छ ।

शर्मासहित छजना युवाले करिब तीन करोड लगानी गरेर सञ्चालनमा ल्याएको क्लबको सञ्चालकमा अमिर गुरुङ, सञ्जीव श्रेष्ठ, सतिस शर्मा, पुकार शाह र कैलाश कँडेल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?