‘संक्रमणकालीन न्यायको कामलाई छिट्टै टुंगोमा पुर्‍याउनु पर्छ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिनु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्याय सरकार वा कुनै राजनीतिक पार्टीको मात्रै विषय नभई सिंगो राष्ट्रकै साझा विषय भएकाले हुनाले त्यसलाई टुंगोमा पु¥याउन पनि सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह समेत गर्नु भयो । उहाँले पीडितलाई न्याय दिन, परिपुरणको व्यवस्था गर्न र मुलुकमा फेरी द्वन्द्व आउन नदिने गरी सरकारले सो विधेयक ल्याएको जिकीर गर्दै त्यसलाई सहमती, सहकार्य र संवादको माध्यामबाट राजनीतिक दलहरुले पारित गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

प्रमुख सचेतक लेखकले भन्नु भयो, ‘अहिले सरकारले जुन विधेयक प्रस्तुत गरेको छ । यसले संक्रमणकालीन न्यायको विषयलाई ठिक ढंगले सम्बोधन गर्नेछ भन्ने विश्वास लिएको छु । र, म आग्रह गर्न चाहन्छु भने–यो संक्रमणकालीन न्यायको विषय कुनै एउटा राजनीतिक दल अथवा सरकार अथवा व्यवस्थापिका वा न्यायपालिकाको मात्रै विषय होइन । यो समग्र राष्ट्रको विषय भएको हुनाले यो हामी सबैको साझा विषय हो । र, साझा विषयकै रुपमा यसलाई अगाडि बढाउनुपर्दछ भन्ने म आग्रह गर्न चाहन्छु । १५ वर्ष भयो हामीले विस्तृत शान्ति सम्झौंता गरेको पनि । यो काम अहिले पनि बाँकि रहेको छ । र, संसारभरीका द्धन्द्धका प्रकृतिहरु पनि फरक छन । र, द्धन्द्धपछि यसलाई शान्तिमा रुपान्तरण गर्ने प्रक्रियाहरु, विधिहरु पनि फरक छन । एक अर्कासँग मिल्दैन । र, खास गरेर यो संक्रमणकालीन न्यायको विषय भएको हुनाले हामीले संक्रमणकालीन न्यायको प्रबन्ध र मुलुकमा प्रचलित रुपमा चलिआएको न्यायिक प्रबन्धको बीचमा पनि स्पष्ट रुपले छुट्टयाएर हेर्नु पर्दछ । यो विधेयक अत्यन्त आवश्यक विधेयक भएको हुनाले यसलाई हामी सबैले सहमत भएर, एकतावद्ध भएर जसरी हामीले हिजो विस्तृत शान्ति सम्झौंता ग¥यौं । मुलुकको १० वर्षको सशष्त्र संघर्षलाई शान्तिमा रुपान्तरण ग¥यौं । त्यसै स्पिरिटका साथ सहकार्य, सहमती र संवादकामार्फत् नै अगाडि बढनु पर्छ । र, यसलाई चाँडो भन्दा चाँडो पारित गरेर संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिनु पर्दछ भन्ने आग्रह गर्दछु ।’

प्रमुख सचेतक लेखकले १० वर्षे सशष्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गरेका राजनीतिक दलहरुले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पु¥याउने विश्वास समेत व्यक्त गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?