चैत १७ गतेदेखि पुष्पमेला

Read Time = 2 mins

काठमाडौं । स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ काठमाडौंमा २४औँ फ्लोरा एक्स्पो हुने भएको छ । पुष्प व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा चैत १७ गतेदेखि २० गतेसम्म एक्स्पो हुने भएको हो ।

आयोजक संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल(फयान)ले सोमबार पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी दिएको छ । एक्स्पोमा व्यावसायिक स्टल ६२, ल्याण्डस्कोपिङ स्टल तीन, अफिसियल स्टल १०, प्रतियोगितात्मक स्टल तीन र दुईवटा फुडसहित ८० स्टल रहने बताइएको छ ।

एक्स्पोमा मौसमी फूल, फुल्ने तथा नफुल्ने आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामग्रीलगायतका स्टल रहने फयानका अध्यक्ष मिनबहादुर तामाङले बताउनुभयो । नर्सरी व्यवसायीद्वारा उत्पादित आलंकारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैंचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट आठ विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने पनि उहाँले जानकारी दिनुभयो । एक्स्पोमा करिब ७५ लाखसम्मको कारोबार हुने मेलाका संयोजक शिवबहादुर खड्काले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?