एपिएफ अपराजित रहँदै फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कोशी प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशीले फाइनलमा स्थान बनाएको हो । कोशीले दिएको १०६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा नौ विकेट गुमाएर ४३ रनमात्रै बनाउन सक्यो । मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सक्नुभएन ।

कोशीका लागि कप्तान रुविना क्षेत्री, अलिशा खडियाले समान दुई/दुई तथा निशा शाहले एक विकेट हात पार्नुभयो । त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन बनायो ।

जसमा कप्तान रुविना क्षेत्रीले ३९ तथा काजल श्रेष्ठले २२ रन बनाउनुभयो । अप्सरी वेगमले १९ रनको योगदान गर्नुभयो । मधेशकी सन्तोषी चौधरी, अमिरन निशा र अमिशा पटेलले समान दुई÷दुई विकेट हात पार्नुभयो ।

यस्तै, अर्को खेलमा एपिएफ क्लबले लिग चरणको अन्तिम खेलमा आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो ।
खेलमा एपिएफका लागि राजमती ऐरीले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपिएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रनमात्र बनाउन सक्यो ।

एपिएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र विनु बुढाले १२ रन बनाउनुभयो । बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टि जैसीले दुई/दुई तथा सोनी पाख्रिन र मनिषा उपाध्यायले एक/एक विकेट लिनुभयो ।

ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रिनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०/१० रनको योगदान दिनुभयो । बलिङतर्फ एपिएफ क्लबकी राजमती ऐरी र विनु बुढाले दुई/दुई तथा इन्दु बर्मा, सीता राना मगर र सुष्मा श्रेष्ठले एक/एक विकेट लिन सफल हुनुभयो ।
एपिएफ क्लब लिग चरणका चारवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले लिग चरणको एक खेलअगावै उपाधि भिडन्त पक्का गरेको थियो । आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितविहीन रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?