उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पदबहाली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार पदबहाली गर्नुभएको छ ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्नुभएको श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका गर्दा गृह मन्त्रालयको जिम्मेवारी दिएसँगै उहाँले पदबहाली गर्नु भएको हो ।

यसअघि श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री बन्नुभएको थियो ।

यसअघि एमालेसहितको सरकारमा वरियता चित्त दुखाउनु भएको श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बनेपनि कांग्रेसबाट उपप्रधानमन्त्री बन्नुभएको पूर्णबहादुर खड्का भन्दा पछिल्लो वरियतामा हुनुहुन्छ ।

एमालेसहितको गठबन्धन सरकारमा श्रेष्ठ तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल भन्दा तल्लो वरियतामा हुनुहुन्थ्यो । तल्लो वरियता भएका कारण उहाँ केही दिन मन्त्रालयसमेत जानु भएको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?