महोत्तरीमा सवारी दुर्घटना हुँदा बुवा र छोरीको मृत्यु

Read Time = 1 min

महोत्तरी । महोत्तरीको बर्दिवासमा भएको सवारी दुर्घटनामा परेर बुवा र छोरीको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका-२ मा पर्ने बर्दिवास औरही सडक खण्डमा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दिवास-८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार)  बिहान मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयाे। दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास-४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?