देशमा ठूलाठूला समस्या र चुनौति बढीरहेका छन् : नेता खनाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढीरहेको बताउनुभएको छ ।

शुक्रवार रिपोर्टस क्लव नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश जुन ठाउँमा उभिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि हामी अघि बढ्दैछौँ, तर अघि बढ्दाबढ्दै, हामी ठूलाठूला समस्याहरु र चुनौतिहरुको बीचमा अहिले खडा भएका छौँ, अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा छ । एकदमै अनिश्चयपूर्ण अन्तर्राष्ट्रिय परिस्थिति हामी अहिले देखिरहेका छौँ । कुन बेलामा कहाँ के हुन्छ, भन्न सकिँदैन । युद्ध भड्किने पो हो की, विश्वयुद्ध हुने पो हो की ? भन्ने आशंकाहरु पनि बढीरहेका छ, त्यसकापछि धेरै कारणहरु छन्, युक्रेन भन्ने देश अहिले खरानी हुँदै गइरहेको छ ।’

पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?