एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीबारदेखि एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड नामक म्युचुअल फनड निष्कासन गर्ने भएको हो ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरिने र जसमध्ये एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गर्न लागिएको कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यो बन्दमुखी प्रकृतिको योजना हो । जसको अवधि सात वर्षको रहेको छ । सात वर्षपछि योजना स्वतः परिपक्व हुनेछ । योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता नेपाली फर्म, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेका कोष जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोषलगायतले न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा मागअनुसारको बिक्री नभएमा आगामी असार २ गतेसम्म आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?