सन्दिप लामिछानेको मुद्धा न्यायाधीश ढकालको इजालसमा, आजै फैसला आउन सक्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।

काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसालका लागि न्यायाधीश ढकालको इजालसमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ ।

नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेशअनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो ।

नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशवाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?