बस दुर्घटना अपडेट : मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो

हिमालय टाइम्स
Read Time = 2 mins

बुटवल । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीय दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहनुभएको छ ।

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढ ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त दुर्घटनामा चालक निदाएको अनुमान गरेको छ । चालक र सहचालकको अवस्था खतरामुक्त छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?