जन्मनक्षत्र, जन्म महिना र जन्मतिथिमा शुभाशुभ कार्य

Read Time = 15 mins

गतिशील समयसँगै आकाशीय ग्रह नक्षत्रको चक्र पनि परिभ्रण गरिरहेको हुन्छ । यही गतिका आधारमा हाम्रा मुहूर्तको निर्धारण हुने गर्दछ । हरेक दिन कुनै न कुनै तिथि, नक्षत्र, बार आदि पर्ने गर्दछन् । यही समयको चक्रमा हाम्रा दैनदिन्दनी व्यवहारका कार्य सम्पादन हुने गर्दछन् । हाम्रा धार्मिक सांस्कृतिक चाडर्प पनि यिनै आकाशीय ग्रह नक्षत्रको अवस्थितिका आधारमा मनाउने गरिन्छ । विशेषतः व्यक्तिगत कुनै कार्यको शुभाशुभत्व हेर्नुपर्दा व्यक्ति जन्मेको तिथि, नक्षत्र, बार, महिना, लग्न, नवमांश, राशि आदिको विचार गर्नुपर्दछ । कतिपय कार्य जन्म नक्षत्र, जन्म बार, जन्ममहिनामा शुभ हुन्छन् भने कतिपय कार्य अशुभ पनि रहने गर्दछ । यो आलेखमा जन्म नक्षत्र, जन्म महिना, जन्मतिथिमा के कस्ता कार्यमा शुभ र के कस्ता कार्यमा अशुभ रहन्छ भन्ने विषयमा शास्त्रीय चर्चा रहनेछ ।

विशेषतः शास्त्रमा जन्मनक्षत्र, जन्ममहिना, जन्मतिथि, व्यतीपात योग, भद्रा करण, वैधृति योग, औँसी, आमा बुबाको श्राद्धको दिन, तिथि क्षय र वृद्धि भएको दिन, शून्यमास, अधिकमास, कुलिकमुहूत्र्त, अर्धयाम (मुचि.६।६४), पात (महाव्यतीपात र महावैधृति), विष्कुम्भ र वज्रयोगका तीनघडी, परिघ योगको आधा घडी, शूल योगको पाँच घडी, गण्ड र अतिगण्डयोगको ६–६ घडी, व्याघात योगको ९ घडी शुभकार्यमा वर्जित गरेको पाइन्छ :
‘जन्मक्र्षमासतिथयो व्यतिपातभद्रा वैधृत्यमापितृदिनानि तिथिक्षयाद्र्धी ।
न्यूनाधिमासकुलिकप्रहारार्धपातविष्कम्भवज्रघटिकात्रयमेव वज्र्यम् ।।
परिघार्धं पञ्च शूले षट् च गण्डतिगण्डयोः ।
व्याघाते नव नाड्यश्च वज्र्याः सर्वेषु कर्मसु ।।’ (मुहूत्र्तचिन्तामणि, १।३४–३५)

यसरी शुभकर्ममा त्याग्नु भने पनि सबै शुभकर्ममा जन्मनक्षत्र, जन्ममहिना, जन्मतिथि त्याग्नुपर्दैन । कार्यअनुसार त्याज्य र ग्राहृय समयको विशेष विचार शास्त्रमा गरिएको पाइन्छ ।

जन्मनक्षत्रमा अन्य कार्य शुभ भए पनि क्षौर, कर्णवेध भने निषिद्ध छन् । जन्ममहिनाको गणना गर्दा जन्मदिनलाई एक गनेर ३० दिन जहिले पुग्छ त्यो पहिलो महिना हुन्छ । सौर वा चान्द्र महिनाले अर्को महिना लाग्दैमा उक्त जातको दोस्रो महिना गनिँदैन ।

जन्मनक्षत्रमा अन्नप्राशन शुभ
अन्नप्राशन भनेको सर्वप्रथम बच्चालाई अन्न खुवाउन आरम्भ गर्ने विशेष दिन हो । जसलाई पास्नी, भातखुवाइ आदि भनिन्छ । अन्नप्राशनको कार्य जन्मनक्षत्रका दिन शुभ मानिन्छ ।
‘बालान्नभुक्तौ व्रतबन्धनेऽपि राजाभिषेके खलु जन्मधिष्ण्यम् ।
शुभं त्वनिष्टं सततं विवाहसीमन्तयात्रादिषु मङ्गलेषु ।।’ (वसिष्ठसंहिता) ।
अर्थात् अन्नप्राशन र व्रतबन्ध वाहेकका विवाह, सीमन्तोन्नयन यात्रादि मंगल कार्यमा मात्र जन्मनक्षत्र त्याज्य छ । नारदजीले पनि सोही मत राखेका छन् :
‘पट्टबन्धनचौलान्नप्राशने चोपनायने ।
शुभदं जन्मनक्षत्रमशुभं त्वन्यकर्मणि ।।’ (नारदसंहिता)
यसरी हेर्दा जन्मनक्षत्रमा अन्नप्राशन पास्नी शुभ रहन्छ । यसैगरी विवाह, सीमन्तोननयन, यात्रमा भने जन्मनक्षत्र अशुभ मानिएको छ ।

कान छेड्न जन्मनक्षत्रमा निषेध
षोडशसंस्कारअन्तर्गतको एक कर्म कर्णवेध हो । जसलाई कानछेड्ने कार्य पनि भनिन्छ । यो कर्म जन्ममहिना, जन्मतारा, समवर्षमा नगर्नू भन्ने व्यवहारोच्चयको वचन छ :
‘न जन्ममासे न च चैत्रपौषे न जन्मताराषु हरौ प्रसुप्ते ।
तिथावरिक्ते न च विष्टिदुष्टे कर्णस्य वेधो न समानवर्षे ।।’ (व्यवहारोच्चय)
जन्ममहिनामा कर्णवेध एवं क्षौरकर्म गर्नाले उक्त व्यक्ति रोगी, धन हीन एवं सन्ततिहीन हुन्छ भनी प्रयोग पारिजातमा फल वर्णन पनि गरिएको छ :
‘यो जन्ममासे क्षुरकर्मयात्रां कर्णस्य वेधं कुरूते हि मोहात् ।
मूढः स रोगी धनपुत्रनाशं प्राप्नोति गूढं निधनं तदाशु ।।’ (प्रयोग पारिजातमा व्यासको वचन)
दीपिका भन्ने ग्रन्थमा पनि क्षौरकर्म, औषधि सेवन, कान छेड्ने कार्य जन्मनक्षत्रमा निषेध गरिएको छ :
‘जन्मनक्षत्रगश्चन्द्रः प्रशस्तः सर्वकर्मसु । क्षौरभैषज्यवादाध्वकत्र्तनेषु विवर्जयेत् ।।’ (दीपिका)
अर्थात् जन्मनक्षत्रमा अन्य कार्य शुभ भए पनि क्षौर, कर्णवेध भने निषिद्ध छन् । जन्ममहिनाको गणना गर्दा जन्मदिनलाई एक गनेर ३० दिन जहिले पुग्छ त्यो पहिलो महिना हुन्छ । सौर वा चान्द्र महिनाले अर्को महिना लाग्दैमा उक्त जातको दोस्रो महिना गनिँदैन । सोही कुरा पीयूषधारटीकामा यसरी बताइएको छ :
‘आरभ्य जन्मदिनवसं यावत्त्रिंशद्दिनं भवेत् । जन्ममासः स विज्ञेयो गर्हितः सर्वकर्मसु ।।’ (पीयूषधारटीका, पृ. २२८) यसैगरी वर्ष पनि चान्द्रमासका १२ महिना पूरा भएपछि मात्र हुने गर्दछ । जन्मोत्सवादि कार्य गर्नुपर्दछ ।

सृष्टि प्रक्रियालाई जीवन्त तुल्याउने कार्य विशेष नै विवाह हो । मानवले औपचारिकता निर्वाह गरेर विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह भएको हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ ।

कपालकाट्ने कार्य जन्मनक्षत्र निषिद्ध
चूडाकर्म अन्तर्गत केश काट्ने कार्य हुन्छ । जसलाई छेवर पनि भनिन्छ । शिशुको बौद्धिक, मानसिक एवं शारीरिक विकासको कामनाले जन्मपछि पहिलो वा तेस्रो वर्षमा चूडाकर्म गरिन्छ । शिशु नौ महिनासम्म गर्भमा रहँदा उत्पन्न केशमा अनेकौं किसिमका दूषित किटाणुहरू रहेका हुन्छन् र जन्मको समयमा उत्पन्न अपवित्र केशलाई हटाउने कार्य यस संस्कार अन्तर्गत हुने गर्दछ । उपनयन कर्म अघि यो संस्कार गरिन्छ । यसैगरी जन्मलग्न, जन्ममहिना, जन्मवार, जन्मराशि र जन्मतिथि चूडा छेवर गर्ने कार्यमा निषिद्ध छन् ।
‘यो जन्ममासे क्षुरकर्मयात्रां कर्णस्य वेधं कुरूते हि मोहात् ।
मूढः स रोगी धनपुत्रनाशं प्राप्नोति गूढं निधनं तदाशु ।।’ (प्रयोग पारिजातमा व्यासको वचन)
यसैगरी दीपिकाको ‘क्षौरभैषज्यवादाध्वकत्र्तनेषु विवर्जयेत् ।।’ वचनले पनि जन्मनक्षत्रमा क्षौर, कर्णवेध निषिद्ध छन् ।

व्रतबन्धमा जन्मनक्षत्र, जन्म महिना जन्मलग्न तिथि शुभ
व्रतबन्धलाई उनयन संस्कार, यज्ञोपवीत संस्कार पनि भनिन्छ । यो सोह्रसंस्कार मध्येको एक महत्वपूर्ण संस्कार हो । व्रतमा अनुबन्धित हुनु, व्रती रहनु, अध्ययनका लागि योग्य हुनु, ब्रहृमचर्य धर्मपालन गर्नआरम्भ गर्नु भन्ने अर्थमा पनि यसको प्रयोग गरिन्छ । उपनयनम् अर्थात् नजिक ल्याउनु गुरुको नजिक हुने संस्कार कार्य विशेष । व्रत अर्थात् नियम आचरणमा अनुबन्धित हुनु भन्ने व्रतबन्धको अर्थ हुन्छ । विद्याभ्यासको अधिकारी हुन वा वेद पढ्न व्रतबन्ध संस्कार अनिवार्य मानिएको छ । पहिलो गर्भबाट उत्पन्न बालकको उपनयन जन्म नक्षत्र, जन्म महिना एवं जन्मलग्न (आदि शब्दले जन्म तिथि, जन्म वार पनि)मा भए बालक विद्वान् हुन्छन् भनी शुभ मानिएको छ ।

‘जन्मक्र्षमासलग्नादौ व्रते विद्याधिको व्रती ।
आद्यगर्भेऽपि विप्राणां क्षत्रादीनामनादिमे ।।’ मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण,४५)
जेठ महिनामा पहिलो गर्भको बालकको व्रतबन्ध भने नगर्नू भन्ने श्रीपतिको मत छ : ‘जन्ममासि न च जन्मभे तथा नैव जन्मदिवसेऽपि कारयेत् । आद्यगर्भदुहितुः सुतस्य वा ज्येष्ठमासि न च जातु मङ्गलम् ।।’ (श्रीपति) शौनकले पनि जन्म लग्न, नक्षत्र, महिना आदि उत्तम हुने कुरा बताएका छन् : ‘जन्मोदये जन्मसु तारकासु मासे तथा जन्मनि जन्मराशौ । व्रतेन विप्रो न बहुश्रुतोद्रपि प्रज्ञाविशेषैः प्रथितः पृथिव्याम् ।। गर्भाष्टमे गर्गपराशराद्यैः फलं यदुक्तं व्रतबन्धने तु । ततोद्रधिकं जन्मसु तारकासु मासे तथा जन्मनि वाडवानाम् ।।’ नारदसंहिताका अनुसार राज्याभिषेक (पट्टबन्धन), मुण्डन, अन्नप्राशन, व्रतबन्धमा जन्म नक्षत्र शुभ मानिएको छ ।

विवाहमा जन्मनक्षत्र, मास तिथि विचार
सृष्टि प्रक्रियालाई जीवन्त तुल्याउने कार्य विशेष नै विवाह हो । मानवले औपचारिकता निर्वाह गरेर विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह भएको हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ । वर या कन्या दुवै यदि पहिलो गर्भबाट उत्पन्न भएका (जेठा) हुन् भने जन्ममहिना, जन्मनक्षत्र, जन्मतिथि, जन्मलग्नमा विवाह गर्नुहुँदैन ।
‘आद्यगर्भसुतकन्ययोद्र्वयोर्जन्ममासभतिथौ करग्रहः ।
नोचितोऽथ विबुधैः प्रशस्यते चेद् द्वितीयजनुषोः सुतप्रदः ।।’ (मुहूत्र्तचिन्तामणि, विवाहप्रकरण,१४)
यदि दुवै दोस्रो गर्भबाट उत्पन्न भएका छन् भने दुवैको विवाह जन्ममासादिमा पुत्र उत्पन्न गर्नेवाला हुन्छन् । यस्तो निषिद्ध समयमा विवाह गर्नाले विनाश निम्तिनसक्छ भन्ने वसिष्ठको पनि मत छ :
‘स्वजन्ममासक्र्षतिथिक्षणेषु वैनाशिकाद्यृक्षगणेषु चैवम् ।
नोद्वाहमात्माभ्युदयाभिकाङ्क्षी नैवाद्यगर्भद्वितयं कदाचित् ।।’ (वसिष्ठ)
यसैगरी नारदजीको पनि सोही मत छ :
‘न जन्ममासे जन्मक्र्षे न जन्मदिवसेऽपि वा ।
आद्यगर्भसुतस्याथ दुहितुर्वा करग्रहः ।।’ (नारद संहिता)
दोस्रो, तेस्रो आदि गर्भका लागि भने शुभप्रद रहने पीयूषधारटीकाकारको मत छ । यसैगरी जन्ममहिनामा पहिलो गर्भका बाहेकका लागि विवाहहादि कार्य सुखद् रहने कुरा च्यवनले यसरी बाएका छन् :
‘जन्मक्र्षे जन्ममासे वा तारायामथ जन्मनि ।
जन्मलग्ने भवेदूढा पुत्राढ्या पतिवल्लभा ।।’ (च्यवन) चण्डेश्वलरले पनि सोही कुरा बताएको पाइन्छ ।
यी सबै कुरा काम्यकर्मका निम्ति भनिएको हो । नित्य र नैमित्तिक कर्मका लागि होइन । हामीले दैनन्दिनी रूपमा गर्दै आएका कर्म नित्यअन्तर्गत पर्दछन् । मासिक एवं वार्षिक रूपमा गरिने कार्य, मनाइने चाडपर्व यसअन्तर्गत पर्दैनन् । यसैगरी नैमित्तिक कर्मका निम्ति पनि यो व्यवस्था होइन । नामकरण, आशौचका कार्य आदि नैमित्तिक कर्मअन्तर्गत पर्दछन् । जुराएर गनुपर्ने यात्रा, विवाह, व्रतबन्ध, चूडा आदि कार्यमा यस्ता कुराको विशेष विचार गरिन्छ । जन्मनक्षत्र र जन्ममहिना व्रतबन्धमा शुभ रहन्छ ।

यसैगरी दोस्रो गर्भबाट उत्पन्न (पहिलोगर्भ वा जेठो बाहेक) व्यक्तिको विवाह पनि जन्मनक्षत्र र महिनामा शुभ रहन्छ । गर्भाधान एवं यात्रामा जन्मनक्षत्र वज्र्य छ । यसका साथै चूडाकार्यमा पनि जन्मनक्षत्र, महिना, दिनलाई निषेध गरिएको छ । जन्ममहिना, दिन, तिथि, वारमा कपाल काट्ने कार्य पनि नगर्नु शुभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?