हृवावे क्लाउडको साझेदारका लागि नयाँ फ्रेमवर्क

Read Time = 2 mins

काठमाडौं । प्रविधि कम्पनी हृवावेले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारबीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । हृवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेपालका हृवावे क्लाउड पार्टनर प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वल्र्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता थियो । कम्पनीका अनुसार गोक्लाउड र ग्रोक्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारलाई प्रोत्साहन र लगानीका अवसरको दायरा फराकिलो पारेको छ ।

हृवावेको ग्रोक्लाउड योजनामा स्ट्याण्डर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चार प्याकेज रहेका छन् । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभ जस्तै त्रैमासिक र वार्षिक वृद्धिलाभ र हृवावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनासमेत रहेको छ ।

प्याकेजको प्रमुख प्राथमिकता साझेदारको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोत उपलब्ध गराएर प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको मुख्य फाइदामध्ये एक क्षमता विकास र प्रमाणीकरण हो, जसले साझेदारलाई हृवावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्स र प्रमाणपत्रमार्फत् आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?