काठमाडौं । आइसी कलेजले ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना गर्ने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि आयोजना हुने फेसन शोलाई म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदनसमेत खुला गरेको छ । कम्तीमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनौट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ ।
फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन ¥याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९औं व्याजका पास आउट विद्यार्थी हुन् ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतभन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयो । फेसज शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच