नाडा अटो एक्स्पोको बुकिङ खुल्दै

Read Time = 1 min

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि १२ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने नाडा अटो एक्स्पो स्टल बुकिङ जेठ २६ गतेदेखि खुला गर्ने भएको छ । प्रदर्शनीको १५औँ संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ खुला गरिने नाडाले जनाएको छ ।

सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलाई समूहअनुसार छुट्याइएकाले सोहीअनुरूप रजिस्ट्रेसन गर्न सकिने मेला संयोजक अनुपकुमार बरालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?