सिंजाको केदारनाथमा १० भदौमा धार्मिक मेला लाग्ने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल केदारनाथमा भदौ १० गते धार्मिक मेला लाग्ने भएको छ ।

नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीबाट उक्त धार्मिक पर्यटकीय मेलाको उद्घाटन हुने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाको आयोजनामाहुने केदारनाथ मेलाको उद्घाटन गर्न पर्यटन मन्त्री किराँती लाई निमन्त्रणा गरिएको छ । अध्यक्ष धितालले भन्नुभयो,“ सो मेलाको उद्घाटन गर्ने मन्त्री किराँती सिंजा आउनु हुने भएको छ । भाद्र १० गते श्रावण शुक्ल पक्ष को एकादशिका दिन उद्घाटन हुने उक्त मेला सिंजाको धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने भएको छ । ” सिंजाका अन्य पर्यटकीय क्षेत्र सहित जुम्ला वीमानस्थल ,चन्दननाथ मन्दिर र सिंजा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो बर्ष जुम्ला बीमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ ।

चन्दननाथ मन्दिरको विस्तार र सिंजा सँग्राहलयका लागि दिर्घकालिन बजेटको व्यबस्थापन संघीय सरकारको बजेट भाषणमा सम्बोधन भएको जुम्लाका माननीय छिरिङ लामाले जानकारी दिनुभयो ।

सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम बजेटमा केदारनाथलाई देश भरिकै धार्मिक र प्राकृतिक पर्यटनका रुपमा बिकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाको भनाइ छ । पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

गाउँपालिका वडा – ४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल केदारनाथ लगायत पालिका भित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेको सिंजा गाउँपालिका प्रबक्ता तिर्थ वडले बताउनुभयो । समुद्धि सतहदेखी लगभग ३५ सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?