सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुनुहुन्छ ।

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसक्नुभएको थियो । १५ सदस्यीय सुनुवाइ समितिले आइतबार पूर्णता पाएको थियो ।

समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १, र जसपा १ सांसदको प्रतिनिधित्व छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?