स्तम्भकारसँग हिटाको अन्तर्क्रिया

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यस हिमालय टाइम्स राष्ट्रिय दैनिकमा नियमति लेख लेख्ने स्तम्भकारसँग अन्तर्क्रिया गरिएको छ । मंगलबार हिटा कार्यालय परिसरमा पत्रिकाका प्रधान सम्पादक पुरुषोत्तम दाहालको अध्यक्षतामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो । सो अवसरमा स्तम्भकारहरूले पछिल्लो दिनमा पत्रिकाले आफ्नो गरिमा थप बढाउँदै लगेको बताउँदै यसलाई अझ व्यापक गर्नुपर्ने सुझाब दिएका थिए ।

मानमौजी भएर लेखेका लेखकलाई निर्देशनात्मक सुझाब आवश्यक भएको उनीहरूको भनाइ थियो । यस्तै पत्रिकाको भौतिक उपस्थितिलाई अझ बढाउनुपर्ने उनीहरूको सुझाब थियो । सो अवसरमा नाष्टका पूर्वउपकुलपति प्रा.डा.जीवराज पोखरेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपछि प्रा.डा.कुलप्रसाद कोइराला, नेपाल सरकारका पूर्वसचिव शम्भु कोइराला, प्रा.डा.शान्तिकृष्ण अधिकारी, विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, प्रा.डा.गणेशप्रसाद घिमिरे, प्रा.डा.नारायण चालिसे, प्रा. देवीभक्त ढकाल, वरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर), वरिष्ठ लेखक/साहित्यकार तिलकप्रसाद लुइँटेल, नेपाल सांस्कृतिक संघका महामन्त्री गणेश सुवेदी, विनोद दाहाल, सन्दीप पौड्याल, कृष्ण भुसाल, गीता अधिकारीलगायतले आ-आफ्ना धारण राख्नुभएको थियो ।

प्रधानसम्पादक पुरुषोत्तम दाहालले स्वतन्त्र पत्रकारिताको मूल लक्ष्यका साथ विभिन्न आरोह र अवारोहबीच पत्रिका अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो लक्ष्यबाट विविध कठिनाइ भए पनि स्वतन्त्र प्रेसको लक्ष्यबाट कति विचलित नभएर अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?