काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकमा बोल्ने सभापतिहरूले पार्टीको गतिविधिहरूमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरूले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
आ-आफ्नो धारणा राख्ने क्रममा सभापतिहरूले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । उहाँले सरकारमा मन्त्री रहेका सभापतिहरूले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरूको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरूले भने सरकारसँग आफूहरूको कुनै समन्वय नभएको गुनासो राखेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरूले मन्त्रीलाई परेका अप्ठ्याराका बारेमा राख्नुभएको छ । मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरूले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ । सँगसँगै पार्टी सभापतिहरूले पार्टीका कार्यक्रमहरूमा केही शिथिलताहरू हुन थाले । केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् । गहिरो ढंगबाट यसलाई छलफल गरोस् । विश्लेषण गरोस् र पार्टीलाई पुनर्ताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरूको धारणा छ ।’
बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेण्डा रहेको छ । त्यस्तै, पार्टीले विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेण्डा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच