ओठ ठूलो बनाउने अफ्रिकन आदिबासी मुर्सी जातिका बारेमा जान्नुहोस्

हिमालय टाइम्स
Read Time = 3 mins

इथोपिया । आजको जमानामा धेरै प्रकारका फेसन ट्रेन्डहरू देखिन्छन् । फेसन परिवर्तन गरिरहन्छ। कहिलेकाहीँ पुराना चलनहरू फेरि सदाबहार बन्छन् र कहिलेकाहीँ नयाँ डिजाइन मानिसहरूमा देखा पर्दछ।

यदि तपाईंलाई फेसन भनेको शहरवासीहरूले मात्र थाहा पाउने कुरा हो भन्ने सोच्नुहुन्छ भने, पर्खनुहोस्। इथियोपियाको मुर्सी जनजाति सहरको चमकबाट टाढा छन्। तर तिनीहरूको फेसन सबैभन्दा फरक छ। यहाँ मानिसहरूको झुन्डिएको ओठले तिनीहरूलाई सुन्दर बनाउँछ ।

हो, जहाँ सहरका केटीहरूले लिपस्टिक लगाएर आफ्नो ओठलाई सुन्दर बनाउँछन् तर मुर्सी जनजातिका केटीहरूले ओठ झुण्डाएर सुन्दर बनाउँछन्। हो यो जनजातिमा जति धेरै ओठ झुण्डिन्छ, त्यति नै सुन्दर मानिन्छ । केटी मात्र होइन, केटाहरूले पनि यहाँ ओठ झुण्ड्याउँछन्। तर, यसको विधि निकै पीडादायी छ । यति हुँदाहुँदै पनि आफ्नो जनजातिको परम्पराका लागि यी मानिसहरू यो पीडा सहन तयार हुन्छन्।

मुर्सी जनजातिलाई निकै डरलाग्दो मानिन्छ । तिनीहरूको जनसंख्या करिब दस हजार छ। यस जनजातिका मानिसहरू आफ्नो परम्परामा धेरै बाँधिएका छन्। तिनीहरूले आफ्नो उपेक्षा सहन गर्दैनन्। प्रथाको नाममा गाईको रगत पिउने गर्छन् । यसबाहेक ओठ झुन्ड्याउन, यसको भित्र एक ठूलो डिस्क राखिएको छ।

यहाँ विवाहका लागि झगडा पनि हुन्छ । दुईजना मानिसले बिबाहका लागि लाठी लिएर एक आपसमा लड्छन्। यो युद्धमा जसले जित्छ, उसैले बिहे गर्दछ । उसले सुन्दर श्रीमती पनि पाउँछ।

मुर्सी जनजातिका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा उपलब्ध छन् तर पहिले यस्तो भएको थिएन । यो जनजातिले बाहिरीलाई प्रवेश दिदैनन । विना अनुमति कोही गएमा उसको ज्यान पनि लिन्छन। तर, अहिले यो जनजाति बाहिरी संसारसँग क्रमश घुलमिल हुदैँ गएको छ । जसकाकारण यसका तस्बिर र जनजातिको जानकारी प्राप्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?