दाङ । लुम्बिनीमा नियम विपरित चलेका दुई लाख ९६ हजार ३ सय ४५ सवारी साधन कारवाहीमा परेका छन्।
ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारी साधनवाट २१ करोड ७१ लाख ७४ हजार ५ सय राजश्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।
ट्रक, बस, जीप, कार, भ्यान, टक्याटर, मोटरसाइकल, टेम्पो र अन्य गरी २ लाख ९६ हजार ३ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा एक वर्षको अवधीमा ८१ हजार ४ सय ५० सवारी कारवाहीबाट ८ करोड १४ लाख ९२ हजार पाँच सय राजश्व संकलन भएको लुम्बिनी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
सबैभन्दा कम पूर्वी रुकुममा ६ हजार २ सय १२ सवारी कारवाहीबाट ३७ लाख २१ हजार राजश्व संकलन भएको छ। दाङ जिल्लामा एक वर्षको अवधीमा ४७ हजार ७ सय ९५ सवारी साधन कारवाहीमा परेका छन्। जसबाट ३ करोड ११ लाख २० हजार ५ सय राजश्व संकलन भएको छ।
सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन्। दाङमा मात्रै १६ हजार २ सय ८१ मोटरसाइकल कारवाहीमा परेका छन्। बाँके जिल्लामा ४३ हजार ८ सय ३८ सवारी कारवाहीबाट २६ करोड १९ लाख ७ हजार राजश्व संकलन भएको छ।
जिल्लामा सबैभन्दा बढी १५ हजार एक सय ५७ ट्रक कारवाहीमा परेका छन्। बर्दीया जिल्लामा १८ हजार ९६ सवारी साधन कारवाहीबाट १० करोड ४ लाख २१ हजार ५सय रावश्व संकलन भएको छ। प्युठान जिल्लामा ८ हजार ५० सवारी साधन कारवाहीबाट ४६ लाख ८२ हजार ५ सय राजश्व संकलन भएको छ।
रोल्पा जिल्लामा एक वर्षको अवधीमा ५ हजार ७ सय ४१ सवारी साधन कारवाहीबाट ३३ लाख ६४ हजार राजश्व संकलन भएको कार्यालय जनाएको छ। गुल्मी जिल्लामा १० हजार ९७ सवारी कारवाहीबाट ६३ लाख १४ हजार राजश्व संकलन भएको छ। पाल्पा जिल्लामा १९ हजार ८५ सवारी कारवाहीबाट १३ करोड ३७ लाख ३ हजार राजश्व संकलन भएको छ।
कपिलवस्तु जिल्लामा एक वर्षको अवधीमा २५ हजार ९ सय ५२ सवारी साधन कारवाहीबाट १७ करोड ७१ लाख एक हजार राजश्व संकलन भएको छ। नवलपरासी पश्चिममा २७ हजार ६ सय ८४ सवारी कारवाहीबाट १६ करोड ८८ लाख दुई हजार पाँच सय राजश्व संकलन भएको छ।
ठूला सवारी साधनमा क्षमताभन्दा बढी तौल बोक्दा, साना सवारी साधन र टेम्पो नियम विपरीत तथा सिट क्षमताभन्दा बढी यात्रु राखेको र कागजात साथमा नहुँदा कारवाहीमा परेका हुन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच