उखु खेतिमा व्यस्त मनराज

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । कुनै दिन काठमाण्डौका स्कुलहरुमा पढाउनका लागि दिनभर समय बिताउने मनराज बाठा हिजो आज उखु खेतीमा बेस्त हुनुहुन्छ । केही वर्ष पहिलेसम्म गणित बिषयका हिसावहरु सिकाउन बल्याकबोर्डमा चल्ने उहाँका हातहरु अहिले उखु उत्पादनसँगै बारीमा उत्पादन भएका उखुहरु काटेर ल्याउने र ग्राहकहरुलाई बेच्नमा व्यस्त हुनुहुन्छ ।

बाफिकोट गाउँपालिका दुली रुकुम निवासी बाठाको घोराही उप-महानगरपालिका–१७ गैरागाउँमा सात बिघा जमिनमा उखु खेती छ । २०७२ सालमा १६ कट्ठा जमिनवाट उखु खेती शुरु गरेका बाठाले तीन बर्षको अन्र्तरालमा सात बिघाहमा जमिनमा पुर्याउनुभएको छ ।

उखु खेतीवाट राम्रो आर्थिक आम्दानी हुदसाबै गएका कारण उहाँले प्रतिविघाह बार्षिक ६० हजार रुपैयामा सात विघाहल जमिन भाडामा लिनुभएको छ । उखु दाङमा नयाँ व्यवसाय भएको र यसवाट आर्थिक आम्दानी समेत राम्रो हुने भएकाले आफुले उखु व्यवसाय सुरु गरेको वताउनुहुन्छ ।

‘ पहिलो बर्ष १६ कट्ठा जमिनमा उखु रोपेर शुरु गरेको थिए,राम्रो आम्दानी भएकाले विस्तारै बढाउदै अहिले सात विघाहमा पु¥याएको छु ।’–उहाँले भन्नुभयो–‘उखु खेतीलाई बिस्तार गर्दै दाङमै भेली मिठाई उद्योग खोल्ने सोच बनाएको छु ।’

पढाउदा विभिन्न स्कुलमा हिड्नु पर्ने झन्जट भन्दा आफनै व्यवसाय गर्नु उपयुक्त हुने गरेको उहाँको भनाई रहेको छ । ‘काठमाण्डौमा करिव दश बर्ष डिल्लोमासम्म म्याथम्याटिक शिक्षकका रुपमा विद्यार्थीहरुलाई पढाए,तर एउटै स्कुलमा पढाउदा काठमाण्डौमा बाच्नै मुस्कील हुन्थ्यो,त्यही कारण पढाउन धेरै विद्यालयमा पढाउन जानुपर्ने बाध्यता थियो ।’,उखु काट्नमै बेस्त रहेका बाठाले भन्नुभयो–‘त्यही बाध्यतावाट मुक्त हुनका लागि आफनै व्यवसाय गर्ने सोच बनाए र शुरुमा शिक्षण पेशा छोडेर पशुपालन व्यवसायमा लागेको हुँ,अहिलेसम्म राम्रै आम्दानी भैरहेको छ । ’

शुरुमा काठमाण्डौमा कुखुरा,हाँस र बंगुरपालन गरेर व्यवसायमा संलग्न रहेको बताउने बाठाले काठमाण्डौमा बडर््फुलुको संकक्रमण देखिएपछि उक्त व्यवसाय छोडेर कुरियो व्यवसाय गर्न काभ्रे पुग्नुभएको थियो । केही बर्ष काभ्रेमा कुरिलोको व्यवसायीक खेती गरेका उहाँ दश बर्ष पहिले दाङमा कुरिलो खेती गर्ने योजनाका साथ दाङ आउनुभएका बाठाले सुरुमा केही बर्ष पार्टनमा कुरिलो खेती गरेको वताउनुभयो ।

कुरिलो खेतीवाट राम्रो आम्दानी भएपनि पार्टनका कारण छोड्नु परेको बताउने बाठा अहिलेभने उखु खेतीमा सन्तुष्ट हुनुहुन्छ । करिव सात लाख रुपैयाको लगानीमा सुरु गरेको उखु खेतीमा यसवर्ष ३२ लाख लगानी पुगेको छ । ‘जग्गा लिजमा लिएको भाडा,बिउ,मल र विरुवाहरु रोप्दादेखि गोडमेल गर्दासम्म करिव ३२ लाख रुपैया खर्च भैसकेको छ ।’उहाँले भन्नुभयो–‘उखु खेती राम्रो भएको र विक्रि समेत राम्रो भैरहेकाले ५० देखि ६० लाखसम्म आम्दानी हुने अनुमान छ ।’ दाङमा व्यवसायीक रुपमा उखु खेती नभएकाले अहिलसम्म उखु रोपेको जमिनवाटै उखुहरु विक्रि हुने गरेको बताउनुभयो । उहाँले सिजन अनुसार २० देखि २५ जनासम्मलाई उखु खेतीमा रोजगारी समेत दिने गर्नुभएको छ ।

बिरुवा बेचेरै सात लाख आम्दानी

व्यवसायीक उखु खेती सुरु गर्नभएका उहाँले उखुरुका बिउ समेत बेच्न सुरु गर्नुभएको छ । यसले जिल्लामा व्यवसायीक उखु खेतीको वृद्धि हुने सम्भावना उहाँको छ । उहाँका अनुसार दाङको जमिन उखु खेती उत्पादन र बजारका दुवै दृष्टिले दाङ उपयुक्त ठाउँ रहेको छ ।

सोही कारण अघिल्लो बर्ष घोराहीसँगै तुलसीपुर क्षेत्रमा उखु खेती गर्नका लागि धेरै मानिसहरुले आफुहरुसँग विरुवा लग्नका साथै परामर्श समेत लिन आउने गरेको बताउनुभयो । आफुले दाङमा उखु खेती गर्नका लागि भारतको लखनौसँगै भैरहवावाट विरुवा लिएको भएपनि आफुले नयाँ किसानहरुका लागि दाङमा नै विरुवा बेच्न सुरु गरेको समेत वताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय दाङले भने जिल्लामा उखु व्यसायीक रुपमा भर्खर सुरु हुन थालेको बताएको बताउनुभयो । उखु घरमा खानका लागि जिल्लामा केही स्थानमा मानिसहरुले रोप्ने गरेपनि व्यवसायीक रुपमा भने भर्खरै मात्र घोराहीमा सुरु कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?