काठमाडौं । राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुँदैछ ।
सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।
हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सक्नुभएको छ । सो बैठकले पार्टीलाई नयाँ ढंगबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।
राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ ।
राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भइसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच