रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता

Read Time = 1 min

-रामचन्द्र रायमाझी
पाल्पा । रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । रानीमहल घुम्न पुगेका पर्यटकहरु -याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका हुन् ।

डुंगामा ७ जना सवार रहे पनि एक जनाको चालकले उद्धार गरेका छन् । -याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको बुझिएको छ ।

बेपत्ताको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

बेपत्ताहरुको खोजिकार्य भइरहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?