चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले सेन्टर उद्घाटन गर्नुभयो ।

सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?