साढे २ करोडको लगानीमा बुटवलमा ‘नेपाली लुगा घर’ सञ्चालन हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाली लघु उद्यमीहरुलाई प्रवद्घर्न गर्ने लक्ष्यसहित बुटवलको डेल्टा कम्प्लेक्समा नेपाली लुगा घर संचालनमा आउने भएको छ ।

नेपालमै उत्पादित अन्तराष्ट्रिय गुणस्तरका पहिरन सुपथ मुल्यमा आम ग्राहक वर्षमा उपलब्ध गराउने र त्यसको माध्यमबाट देशकै अर्थतन्त्र मजबुत गराउन ईट्टा थप्ने उदेश्यका साथ बुटवल डेल्टा कम्प्लेक्सको पहिलो तल्लामा असोज ३–६ सम्म नेपाली लुगाघरको सुभारम्भ हुने भएको हो ।

करीब ढाई करोड रुपैया लगानीमा नेपालका चर्चित भर्जिन, गोफि, के एण्ड के, फ्रिडम, याक एण्ड नाक र ट्याग ब्राण्डका कपडाहरु उपलब्ध हुने विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि लुगाघरका संचालक प्रकाश भुसालले वताउनु भयो ।

उद्घाटन अवधिभर रु एक मा पहिलो एक हजार ग्राहकलाई असिम गोल्डको सेण्डोका साथै कम्पनीद्वारा वितरित क्यास भौचरबाट नगद छुट समेत दिईने उहाँले बताउनु भयो । एजुकेसन मार्टबाट शुरु भएको अभियान बजारको माग अनुसार नया स्वरुपमा ल्याइएको भुसालले बताउनु भयो ।

केही समय पहिले नेपाली जुत्ता घर संचालनमा ल्याएको मार्टले नया रुपमा नेपाली कपडाको प्रवदर्घनको अभियानमा थालेको उहाँले बताउनु भयो । ‘नेपाली लघु उद्घमीहरुलाई प्रवर्द्धन गर्ने गरि नेपाली लुगाघरको अवधारणा शुरु गरेका हौ ।’—भुसालले भन्नु भयो । गाँजा, अल्लो र अन्य फ्याबरिकहरुबाट बनेका जुत्ता, कपडा कपडा घरमा उपलब्ध रहेको भुसालले बताउनु भयो ।

यसैगरि होटल ब्यवस्थापन अध्ययन गरेका नया युवाहरुलाई अवसरका रुपमा विभिन्न कलेजमा बिएचएम अध्ययन गर्ने विद्यार्थीहरुबाट खानाका स्टलहरु राखिने बताउनु भयो । जहाँ ‘सिक्दै चखाउदै’ नारासहित ५० प्रतिशत विद्यार्थी र ५० प्रतिशत होटल ब्यवसायीहरुको १४ स्टलमा सय बढि परिकारहरु उपलब्ध हुने भुसालले बताउनु भयो।

कार्यक्रममा नेपाली कपडाघरका सल्लाहकार बाबुराम बन्जाडेले विदेशी मायाको चिनोलाई समेत विस्थापित गर्ने गरि उत्पादनलाई जोड दिएको बताउनु भयो । यसैगरि राष्ट्रिय र स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने गरि उद्घाटन अवधिमा बुद राना, प्रकाश बस्नेत गफाडी, सुदेश सत्याल, कविराज पौडेल, बिष्णु पोखरेल विवस, लिलाधर पाण्डे, खेमप्रसाद गुरुङ लगायतका साथै नया प्रतिभाहरुको गजल प्रस्फुटनको अवसर समेत दिईने उहाँले बताउनु भयो ।

पुरुष, महिला, बालबालिकाहरुको लागि लगाउने उत्पादन लघु उद्यमहरु रहेका छन । नेपाली लुगामा हाल १० जनाले रोजगार पाएको भुसालले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?