भोजपुर । बनेको तीन महिनामै भत्किएको कालोपत्रे सडक दवाब पछि मर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनका प्रतिनिधि, निर्माण ब्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायहरुको बैठकले भत्किएको सडक पुन निर्माण गर्ने निर्णय गरेको हो ।
बोखिम-पिप्ले-खाल्डे-आहाले-दधिपुर-सल्लेनी सडक खण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुन निर्माणका लागि निर्माण कम्पनीलाई दवाब बढेको थियो । सो सडक रौताहा-रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख राईले भन्नुभयो, “सडकको अनुगमन गर्दा तोकिएको मापदण्ड अनुसार सडक बनेको नदेखिएकोले निर्माण कम्पनीले पुन निर्माण गर्नु पर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ ।” भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अव त्यसका लागि हामी सवैको दवाब जरुरी छ, प्रमुख राईको भनाई छ ।
बिगत देखि नै हामीले मापदण्ड अनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएका थियौ, जसको परिणाम स्वरुप बनिसकेर भत्किएको सडक दशै तिहारको आसपाससम्म बनाई सक्ने निर्णय भएको छ भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिमका वडा सदस्य निर प्रसाद फूयालले भन्नुभयो ।
बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फबिन्द्र प्रधान, वडा सदस्य फूयाल, कामु आयोजना ब्यवस्थापक बीर बहादुर रावत, निर्माण कम्पनीका दिब्य पौडेल, गणेश पौडेल, इन्जिनियर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
सडकको बिषयमा धैरैगुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्ड अनुसार निर्माण कार्य नभएको पाइएपछि सम्वन्धित निकायमा सो बिषयमा बुझने काम गरिएकोबताउनुभयो । उहाँले भत्किएको सडकका भागहरु पुन निर्माणको सहमति भएको छ, सो अनुसार काम गराउन स्थानीय जनप्रतिनिधिहरु चनाखो हुनु पर्ने बताउनुभयो ।
जनताको करबाट संचालन हुने योजनाको बेतिथी रोक्न सवै सरोकारवाला निकायहरुले खवरदारी गरि रहन आवश्यक रहको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापा अन्तर्गत नेपाल सरकारको भ्याटसहित करिव साढे दश करोड लागतमा सो सडकको निर्माण कार्य भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच