रुपन्देही । पहाडी जिल्लामा मात्रै सीमित सराय नाँच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दै गएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर ब्यस्थापन समितिले सराय नाँचको आयोजना गर्दै आएको हो ।
लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाँच बिगत १२ बर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको छ ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, बाग्लुङ र स्याङ्जामा यो नाँच निकै प्रख्यात छ । पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले नाँच मार्फत् बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरुप भाला, खुकुरी, तरबार नचाएर दिनभर प्रदर्शन गरिएको हो ।
पञ्चेबाजाले सो क्षेत्रको माहोल नै रमाइलो बनाएको थियो । विगत ११ बर्षदेखि सराय नाँच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो । परापूर्वकालदेखि नै सराय नाँच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराय नाँच देखाइएको उहाँको भनाइ छ ।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।बुटवलको सरायले अब नयाँ पहिचान बनाउने बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।
उहाँले पहाड र तराइ एक आपसमा जोडिएको र सबै प्रकारको कला संस्कृति स्थानान्तण भैरहेको बताउनुभयो । नेपाल एकीकरण भन्दा पहिले बाइसे चौबिसे राज्य मध्ये चौविसे राज्य अन्तर्गत गुल्मीमा ६ ओटा राज्य भएको र ती राज्यहरु एक बनाउने क्रममा शक्तिशाली राज्य गुल्मीबाट विजयोत्सवका सन्दर्भमा सराय नाँचको सुरु भएको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा नारायण पन्थको भनाइ छ ।
लुम्बिनी वाणिज्य क्याम्पस खेल मैदानमा देखाइएको नाँचले परम्पराको जर्गेना गरेको स्थानीय कुलप्रसाद केसीको भनाइ छ । सहभागिले नसहरुको हातमा ढाल, तरबार, खुँडा, खुकुरी बोकेर नाचिरहेको र नयाँपुस्ता यसमा रमाइरहेको उहाँको भनाइ छ ।
पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नाँच देखाउँदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको गुल्मी धुर्काेट सम्पर्क समाजका अध्यक्ष राम प्रसाद पौडेलले बताउनु भयो ।
बुटवल ११ देवीनगर चौपारी छेउका ब्यवसायी भिम ज्ञवालीका अनुसार यस नाँचले देबी भगवती खुसी हुने र राक्षसलाई बध गर्दा प्रयोग गरिएका धारिला हतियारका बारेमा सबैलाइ जानकारी हुने बताउनु भयो।
'हामीले पहाडमा सानोमा देखेको तर यहाँ आएपछि बल्ल सराय खेल्न पायौँ,' नाँचमा सहभागि युवती देवीनगरकी तुलसा पौडेलले भन्नुभयो ।सराय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो ।
त्यस्तै बुटवल १२ नयाँगाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराय नाँच देखाउन शुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।
यस्तै बुटवल १३ जितगढीमा पनि सराय नाँच देखाइएको स्थानीय ऋषि आजादले बताउनुभयो ।
विष्णु घर्ती ‘भनभनेले सरायको संरक्षण र सम्बर्धन गर्न र सकेसम्म सबैतिर फैलाउँदै जान आग्रह गर्नुभयाे । सरायको सही संरक्षण र सम्वर्द्धन गर्नु नै हामी सबैको पहिचानलाई स्थापित गर्नु आबश्यक रहेको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच