‘आरती’ ‘आरात्रिक’ संस्कृत भाषाबाट आएको शब्द हो । सामान्यतया देवताकाहरूका पूजाआजामा धूपबत्ती बालेर स्तवन र प्रार्थनाहरूको माध्यमबाट आराधना गर्दै भगवान्का शिरदेखि पाउसम्म घुमाउने कामलाई आरती भनिन्छ । धेरै मुख भएको दीप प्रज्ज्वलन गर्ने भाँडोको नामलाई पनि आरती भनी पुकारिन्छ । सन्ध्याकालमा सम्पन्न हुने देवपूजा वा आराधना पनि हो यो कृत्य । अर्को शब्दमा यसलाई आरात्रिक, आरार्तिक र नीराजनबाट (निःशेषेण राजनम् निराजनम् वा प्रकाशनम्) भनेर विग्रह गरिन्छ ।
मूलतः देवपूजा गर्दा हुन गएका भुल, त्रुटि, गल्ती र कमजोरीहरू सँच्याएर अर्चनाको काम पूरा गर्ने तागत हुन्छ आरतीमा । भक्तिमार्गको कुञ्ज, पुञ्ज र निकुञ्ज बनेको आरतीको प्रतापबाट अनिष्ट, अरिष्टता र अशान्ति समूल उच्छेदन हुन्छ भन्ने विश्वास छ आस्तिक मनमुटुुमा । चारैतिर प्रकाशमार्फत झलमल्ल बनाउने काम हो आरती । त्यसै भएर अठ्ठार पुराणमा सबैभन्दा धेरै श्लोक भएको स्कन्दपुराणले आरतीको महिमालाई मण्डित गराउँदै बोलेको छ :
मन्त्रहीनं क्रियाहीनं, यत्क्रितं पूजनं हरेः ।
सर्व संपूर्णतामेति, कृते नीराजने शिवे ।।
अर्थात् हरि भगवान्को पूजा गर्दा भएका मान्त्रिक त्रुटि र कर्ममा भएका गल्ती नीराजन वा आरती गर्नाले सँच्चिन्छ । आरती गर्दामात्र होइन आरती गरेको देख्दा पनि मानिसहरूलाई ठूलो पुण्य आर्जन हुन्छ । आफ्ना समस्त पितृहरूको उद्धार र पुस्तौंपुस्ताका सन्ततिको कल्याण आरतीले गर्दछ । जुन देवताको जुन मन्त्रले पूजा गरिएको छ त्यही मूल मन्त्रको माध्यमबाट तीनपटक पुष्पाञ्जलि दिएर शङ्ख, घण्ट, डमरु घन्काएर जयजयाकार नादमा उपयुक्त पात्रमा कपुर घिउ मिश्रण गरी बिजोर सङ्ख्याका बत्तीहरू प्रज्ज्वलित गरी आरतीको काम निष्पन्न गर्नुपर्दछ । पाँच जोर बत्तीले गर्ने आरतीलाई पञ्चप्रदीपको नामले पुकारिन्छ । आरती एक, पाँच, सात वा तीभन्दा बढी संख्याका बत्तीबाट पनि गर्न मिल्छ ।
खास गरेर आरतीका पाँच अङ्ग हुन्छन् । दीपलहर बालेर, जलयुक्त शङ्खबाट, धोएको शुद्ध कपडामार्फत्, आँप र पिपलका पत्ताहरूबाट, साष्टाङ्ग दण्डवत् प्रणामबाट । आरती घुमाउँदा खास गरेर भगवान्को पाउतलमा चारपटक, नाभि प्रदेशमा दुई र मुखमण्डलमा एकपल्ट गरी सातचोटि देखाउनुपर्दछ ।
खास गरेर आरतीका पाँच अङ्ग हुन्छन् । दीपलहर बालेर, जलयुक्त शङ्खबाट, धोएको शुद्ध कपडामार्फत्, आँप र पिपलका पत्ताहरूबाट, साष्टाङ्ग दण्डवत् प्रणामबाट । आरती घुमाउँदा खास गरेर भगवान्को पाउतलमा चारपटक, नाभि प्रदेशमा दुई र मुखमण्डलमा एकपल्ट गरी सातचोटि देखाउनु पर्दछ । यो बत्ती घुमाउँदा ॐआकार आकारको रूप अनिवार्य छ । भर्खरै अमेरिकी शोधसंस्था नासाको अनुसन्धानले पनि सौर्य मण्डलमा ॐको अविराम आवाजको रेकर्ड गरेको कुरा सबैलाई थाहा छ । यी दीपहरूका ऊर्जाहरूले त्यही आबाजलाई ध्वनित गर्न मद्दत पु¥याउँछन् किनकि दीप तत्व सूर्र्यकै अंश हो अंशको गन्तव्यले अंशी ताकिरहेको हुन्छ, जसरी जल तल्तिरै बगेर समुद्रमा पुग्ने चेष्टा गर्दछ त्यसै भएर त भनिएको हो :
ॐकारं विन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः ।
कामदं मोक्षदं चैव ॐकाराय नमोनमः ।।
अर्थात् बिन्दु संयुक्त ओम्कारले भक्तहरूका लौकिक कामना र मोक्षलाई गति दिने तागत राख्दछन् । वैज्ञानिक कसीमा नियाल्दा आरतीमा गरिने धूपदीप, जयजयाकार, स्तवनका शुुद्ध वाचनले, वाद्यवादनका नादहरूले घर र वरिपरिका धूमिल वा अशुुद्ध वातावरणलाई परिशुद्धि गर्दै तमाम मानिसको हृदयलाई प्रफुल्लित बनाइदिन्छ । शान्ति, सहभाव र सद्भावको रोमाञ्चकारी माहोल खडा गरिदिन्छ । भक्तिभावलाई ताजा, पूर्ण तथा पावन बनाएर तमाम कर्ताहरूको इन्द्रिय निग्रह गर्दै एकाग्र पार्ने तागत छ यसमा । आरतीले नै तल उल्लेख गरिएका नवधाभक्तिलगायत भक्तिहरूलाई मुखर गरिदिन्छ ।
श्रवणं कीर्तनं विष्णोः, स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं, सख्यमात्मनिवेदनम् ।।
अर्थात् नौ प्रकारका भक्तिहरूमा भगवान्को नाम ध्यानपूर्वक सुन्नु हरहमेसा भगवान्को गुणानुवादको कीर्तनमा संलग्न हुनु, अहर्निश विष्णुको नाम सम्झनु, उनका चरणारविन्दको सेवा गर्नु, भगवान्को पूजामा लाग्नु, उनको ढोग वा अभिवादन अर्थात् वन्दना, सेवक वा नोकरजस्तो भावना राख्नु, भगवान्सित मित्रता वा सखा भावमा रहनु र आफूलाई भगवान्मा समर्पित गर्नु यिनै सुकृत्यलाई नवधाभक्ति भनेर पुकारिन्छ । यी सबै भक्ति प्रकटीकृत गराउँदै पुष्टि दिने काम आरतीको हो । यसरी भगवान्को आरतीभित्र भक्तहरूका सम्पूर्ण भक्तिधारा नौनीजस्तै बनेर निष्कन्छन् । त्यसै भएर त भनिएको छ :
‘नामसङ्कीर्तनं यस्य, सर्वपापप्रणाशनम् ।
प्रणामो दुःखशमनस्तं नमामि हरिं परम्’ ।।
सम्पूर्ण गलत कुकामहरूलाई नास्न र माझ्न शक्ति दिन्छ हरिको नाम कीर्तनले । त्यस्ता दुःख हुत्याउने क्षमता भएका भगवान् विष्णुलाई म नमस्कार गर्दछु भन्ने भक्त प्रतिबद्धता आरती कर्मकै उपज हो । त्यसैले त कालजयी चिन्तक एवं अन्वेषक वेदव्यासले बोले-कलि कालमा त भगवत् नाम सङ्कीर्तनजस्तो तारण गर्ने अरू कुनै उपकरण छैन ।
वास्तवमा कृष्ण तत्व पाउन सफल तलका सुपात्रहरू क्रमशः- विष्णुको नाम सुनेर राजा परीक्षित, कीर्तनको माध्यमबाट स्वामी शुकदेव, स्मरण गरेर असुरपुत्र प्रहृलाद, भगवान् विष्णुको पाउ सेवन गरेर लक्ष्मी, पूजालाई साधन बनाएर पृथु महाराज, वन्दना अर्थात् अभिवादन वा ढोगले अक्रूर, दास भावनामार्फत वायुपुत्र हनुमान, सख्य वा मित्र बनेर अर्जुन, आत्मनिवेदन अर्थात् आपूmलाई सुम्पिएर महाराज वलि सफल भए । आरतीभित्र यी सबै भक्ति जगाउने, फुलाउने, फलाउने र सुगन्धित बनाउने महान् सात्विक शौर्यता सन्निहित छ ।
त्यसै भएर ‘आरतिकी हरिहर राजा रामजीकी जय !
जय जय जय भक्ति गरौँ प्रभो, दर्शन दी जय !’
ॐ जयजगदीश हरे प्रभु जयजगदीश हरे !
आदि भक्तिगानहरू सनातन संस्कृतिका अभिन्न अङ्ग बनेका छन् । अरिष्टता, अशान्ति क्लेष निवारण गरेर स्वस्ति तथा शान्ति स्थापना गर्ने आरती दीपदाता वा प्रज्वालकको उध्र्वगति दिने आध्यात्मिक सुुकृत्य हो । अर्को कुरो भगवान्मा अर्पित आरतीले जसजसका शरीर छोइन्छन् तिनले लाखौं यज्ञ गरेको जस्तै सुफल हासिल गर्दछ । यसरी वास्तवमा हामी मानवको ऊध्र्व गति होस् भनेर अर्थात् मानिसको रूप धारण गरेका हामी जीवात्मा परमात्मामा मिल्न सकियोस् भनी आरती गरिएको र लिइएको हो । अतः आरती सम्पूर्ण भक्तिमार्गको मिलनबिन्दु, शक्तिपुञ्ज र सुुवासिलो पुुष्प निकुञ्ज हो । जय आरती !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच