लण्डन । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’को खेलमा रियल म्याड्रिडले जित हासिल गरेको छ । रियलले पोर्चुगिज क्लब ब्रागाविरुद्ध ३-० को सहज जित निकालेको हो । रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक-एक गोल गर्नुभयो । खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो । लुकास भास्केजले बोर्जामाथि बक्सभित्र फाउल गरेपछि ब्रागाले पेनाल्टी पाएको थियो । तर, अल्भारो जालोको पेनाल्टी रियलका गोलरक्षक लुनिनले बचाउनुभयो ।
रियलले अग्रता भने २७औँ मिनेटमा लिएको थियो । रोड्रिगोको पासमा डियाजले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । भिनिसियसले ५८औँ मिनेटमा भास्केजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । यस्तै ६१औँ मिनेटमा भिनिसियसको पासमा रोड्रिगोले गोल गर्दै खेलमा रियलको जित सुनिश्चित गर्नुभयो । यस्तै सोही समूहमा गए राती नै नापोली र युनियन बर्लिन एक-एकको बराबरीमा रोकिए ।
यस समूहबाट रियल चार खेलमा १२ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलीको चार खेलमा सात अंक छ । तेस्रो स्थानमा रहेको ब्रागाको तीन अंक रहँदा बर्लिनको एक अंकमात्र छ ।
यता समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । १० जनामा सीमित म्यानचेस्टर युनाइटेडले रोमाञ्चक खेलमा एफसी कोपन हेगनविरुद्ध ४-३ को हार बेहोरेको हो । युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । स्कट मक्टोमिनेको पासमा रास्मस होइलन्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाउनुभएको थियो ।
२८औँ मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । अलेहान्द्रो गार्नाचोको प्रहार कोपनहेगनका गोलरक्षक ग्राबाराले बचाएपछि रिबाउन्डमा सहजै गोल गर्दै होइलन्डले अग्रता दोब्बर बनाउनुभयो ।
तर, त्यसपछि खेलमा युनाइटेडले लय गुमायो । ४२औँ मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सीमित भयो । ४५औँ मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडको अग्रता एक गोलमा झार्नुभएको थियो ।
पहिलो हाफमा १३ मिनेट थपिएको अवस्थामा कोपनहेगनले नवौँ मिनेटमा पेनाल्टीमा बराबरी गर्यो । डियोगो गोन्कालभेसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । ६८औँ मिनेटमा कोपनहेगनका लेरागरले बक्समा हृयाण्डबल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । कप्तान बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै १० जनामा सीमित युनाइटेडलाई अग्रता दिलाउनुभयो ।
८३औँ मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याउनुभयो । ८७औँ मिनेटमा कोपनहेगनका रुनी बार्डघजिले भल्लीमार्फत् गोल गर्दै खेलमा रोमाञ्चक बराबरी गर्नुभयो ।
यस्तै सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटा सारायविरुद्ध २-० को जित हासिल गरेको छ । बायर्नको जितमा हृयारी केनले नै दुई गोल गर्नुभएको थियो । खेलमा बायर्नलाई गोल गर्न अन्तिम १० मिनेटसम्म कुर्नुपरेको थियो । केनले खेलको ८०औँ र ८७औँ मिनेटमा गोल गर्दै बायर्नलाई जित दिलाउनुभएको हो ।
बायर्न चार खेलमा १२ अंक हासिल गर्दै पहिलो स्थानमा छ । समूहमा दोस्रो स्थानका लागि भने प्रतिस्पर्धा अन्तिम खेलसम्म जाने सम्भावना रहेको छ । कोपनहेगन आजको जितसँगै चार अंक पुर्याउदै दोस्रो स्थानमा उक्लिएको छ । चार अंक नै रहेको गालाटा साराय तेस्रो स्थानमा छ । पुछारमा रहेको युनाइटेडको भने तीन अंक रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच