राजतन्त्रबारे ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरु राजतन्त्र फर्काउन हिँडेका छन्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गर्नु भएको हो ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने कुरा चेतना नभएर मुर्खता भएको उहाँले बताउनु भयो । उहाँले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने बताउँदै नेपालमा राजतन्त्र काम लाग्दैन भनेर जनताले फालेको बताउनु भयो ।

‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ उहाँले भन्नुभयो । 'यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ?' उहाँले  प्रश्न गर्नुभयो ।

२४० वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको बताउँदै उहाँले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?