पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा नया माध्यमका साथ सुरु गरेको छ । नगरले पछिल्लो समय पर्यटकीय क्षेत्रको गीत नै बनाएर प्रचार-प्रसार गरेको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको बुद्ध मंगल तालको प्रचारमा नगरले गायककार बिन खातीलाई गित लेखन र गायन गराउदै छायांकन समेत सोही स्थलमा गराएर प्रचार गरिएको हो । बुद्धमङ्गल तालको पर्यटकीय प्रवर्द्धनका लागि निर्माण गरिएको गीत आज एक कार्यक्रमका बिच स्थानीयहरुको उपस्तिथितिमा सार्वजनिक गरिएको छ ।
भगवान गौतम बुद्धले परापुर्वकालमा यस तालमा आई पानी खाएको र बसोबास गरेको ईतिहास रहेकाले नगरपालिकाले यसको बिकास,प्रवर्द्धन र प्रचार प्रसारमा जुटेको हो । सङ्गितका माध्यमबाट प्रचार प्रसार गर्ने हेतुले लोक गीत निर्माण गरिएको नगरप्रुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । बौद्धकालिन एतिहासिक सम्पदालाई बौद्ध सर्किट सग जोड्ने गरि सरोकारवाला र सम्बन्धित निकायसग छलफल र प्रयास भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । "नगरभित्र रहेका बनदेवी मन्दिर,सिमसार,सन्सारकोट जस्ता धार्मिक पर्यटकिय स्थलको बिकासका लागि नगरले संघ र प्रदेस सरकार सग बजेट माग गरिएको छ" श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले सेवामुलक क्षेत्रमा स्वास्थ्य र शिक्षा त्यसैगरी कृषी र पर्यटनलाई समेत प्राथमिकतामा राखेर सोही अनुरुपका योजना तयार गरिएको उल्लेख गर्नु भयो ।बौद्धकालिन ईतिहास र किम्बदन्तीका हिसाबले पनि यो क्षेत्र पर्यटकीय स्थलको गन्तव्यको रुपमा रहन सक्ने बताउँदै यसको बिकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमा शंकर चौधरी,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपती घनश्याम परिश्रमी लगायतले बोल्दै बुद्धमङ्गल तालको पुरातात्त्विक महत्व झल्किने र आम नागरिकलाई यसका बारेमा जागरुक र जानकारी गराईनु पर्नेमा जोड दिनुभयो ।
बर्दघाट नगरपालिकाले ताल सरसफाईका लागि अघिल्लो आर्थिक बर्षमा रु २५ लाख बिनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा तालको सुरक्षाका निम्ति कम्पान्ड वालका लागि रु ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । तालमा आउने पर्यटकका लागि बोटिङको ब्यवस्थापन समेत गरेको छ ।
बुद्धमङगल ताल सम्बन्धि निर्माण गरिएको उक्त गितमा गायिका राधिका हमाल र बिन खातिको स्वर रहेको छ भने शब्द संकलन समेत बिन खातिकै रहेको छ । आज बेलुका नै गीत सामाजिक संजाल र युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच