काठमाडौं । युनिलिभरको ब्राण्ड सनस्लिक हेयर केयर ब्राण्डले सनस्लिक दशैँ भाइब्स नामक डिजिटल अभियान २०२१ देखि सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सव मनाउने उद्देश्यले थालनी गरेको थियो । अभियानमार्फत् सनस्लिकले एउटा समूह सनस्लिक ग्याङ अफ गल्र्स बनाएको छ, जुन एउटा उल्लेखनीय कदमका रूपमा देखिन्छ । कम्पनीका अनुसार अभियानको पहिलो संस्करणको सफलताले दोस्रो संस्करण अझै भव्य बनाउने मार्ग प्रस्तुत गरेको थियो ।
अन्तर्राष्ट्रिय र स्थानीय कम्पनीहरूले डिजिटल अभियान र विशेषगरी इन्फ्लुयन्सर मार्केटिङमा जोड दिइरहेकामा सनस्लिकले सनस्लिक दशैँ भाइब्ससहित यसमा अगाडि रहेर एउटा छुट्टै पहिचान बनाउँदै अन्य स्थानीय ब्राण्डलाई पनि मार्गदर्शन गर्न सफल रहिआएको छ । यस वर्षको प्रतियोगिता लेट्स सेलिब्रेट हेयर, लेट्स सनस्लिक नामक विषयवस्तुमा सञ्चालन गरिएको थियो, जसको उद्देश्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवका रूपमा हेरिएको थियो । कम्पनीका अनुसार चार हजार चार सय ८५ सहभागीसहित हालसम्मकै ठूलो सिजन हुन सफल भएको प्रतियोगिताले करिब एक सय ७४ मिलियन भ्युज प्राप्त गरी दर्शकमाझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको छ । हप्तौँदेखिको उत्सुकतापछि सनस्लिकले तीन उत्कृष्ट युवतीहरू सुश्री सजिना खनाल, सुश्री सुस्मिता बञ्जरा र सुश्री विजया प्रधानलाई सनस्लिक दशैँ भाइब्स ३ को विजेता घोषणा गरेको छ ।
हरेक विजेताले एक लाखसहित अर्को वर्षको सनस्लिकको प्याकमा प्रस्तुत हुने मौका र सनस्लिक ग्याङ अफ गल्र्सको हिस्सा हुने रोमाञ्चक अवसर पाएका छन् । कम्पनीका मार्केटिङ प्रमुख सौरभ कारञ्जितले भन्नुभयो, ‘सम्भवतः सनस्लिक नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो, जुन व्यापकरूपमा वितरण हुनुका साथै लाखौँ उपभोक्ताले रुचाएका छन् । हामी सौन्दर्य निकै सरल रहेको र धेरै माध्यमबाट प्रदर्शन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच