पर्यटक बढेसंगै रारामा फाेहाेरको समस्या बल्झिदै, छैन समाधानको पहल

हिमालय टाइम्स
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । कर्णाली प्रदेशकाे हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलाे र गहिराे ताल रारामा पछिल्ला बर्षहरूमा यातायातकाे पहुँच पुगेसंगै पर्यटकहरूकाे आवागमन बढ्न थालेपछि राराताल आसपासका ठाउँहरूमा फाेहाेर पनि बढ्न थालेकाे छ ।

बिशेष गरी रारा पुगेपछि पर्यटककाे राेजाईकाे केन्द्र बन्ने मुर्माटप हिमाल र मिली चाैरमा बढी फाेहाेर हुने गरेकाे छ । फाेहाेर मैलाकाे उचित ब्यवस्थापन गर्ने भरपर्दाे माध्यम नहुँदा पर्यटकहरूले उपभाेग गरेका बिस्कुट, चाउचाउ, पानीका बाेतल, बियरका बाेतल, चक्लेट, पेय प्रदार्थलगायत अन्य प्रयाेगमा आएका प्लाष्टिक र कागजहरू फाेहाेर फाल्ने खाल्डाेमा नभई जथाभावी फ्याक्नाले दिन प्रतिदिन रारा आसपासका ठाउँहरूमा फाेहाेर बढ्दै गएकाे हाे ।

केही बर्ष अगाडि रारातालकाे चारैतिर स्वस्थ सफा वातावरण देखिन्थ्यो । रारा राष्टिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेकाअनुसार रारा आउने सबै पर्यटकहरूबाट प्रवेश शुल्क बापत रू एक सय लिइन्छ ।  त्यतिखेर निकुञ्ज क्षेत्र भित्र कुनै प्रकारकाे फाेहाेर नगर्न पनि भन्ने गरिएकाे छ तर पनि केही ब्यक्तिले बियर, काेकाकाेला, फेन्टालगायतका पेय प्रदार्थ उपभाेग गरेका खाली बाेतलहरू, चाउचाउ, बिस्कुट र परागका खाेस्टाहरू जथाभावी फ्याक्नाले फाेहाेर हुने गरेकाे छ ।

पटक, पटक रारामा जमेका फाेहाेरहरू रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले संकलन गरी त्यसकाे उचित ब्यवस्थापन गर्दै आएकाे भएपनि दैनिक जसाे आउने पर्यटकहरूले फाेहाेर खाल्डाेमा नफाली जताततै फ्याक्ने गर्नाले जताततै खाएर फालेका खा्ेस्टा देखिने गरेकाे रारा राष्टिय निकुञ्जका मुख्य संरक्षण अधिकृत घिमिरेले बताउनु भयो ।

हरेक महिनाकाे एक पटक दाेस्राे शुक्रबारका दिन निकुञ्ज सुरक्षार्थका लागि खटिएका नेपाली सेना निकुञ्जका कर्मचारी सबै मिलेर फाेहर संकलन गरि उचित ब्यवस्थापन गरिँदै आएकाे निकुन्ज कार्यालयले जनाएको छ ।

निकुञ्जकाे चारैतिर फाेहाेर फाल्ने खाडलहरू बनाएकाे भएपनि खाडलमा जम्मा भएकाे फाेहाेरहरू चराचुरुङ्गी ले बाहिर निकाली जताततै फ्याँक्ने गर्नाले पनि केही मात्रामा फाेहाेर बाहिर देखिएकाे रारा राष्ट्रिय निकुञ्जका कर्मचारीहरु बताउछन् ।

रारामा मानिसहरू बढी भिडभाड हुने ठाउँमा, फाेहाेरकाे उचित ब्यवस्थापनका लागि ढकन भएका डस्टबिनहरू राख्ने निकुञ्जले जनाएकाे छ ।
बिगत केही बर्ष अगाडि नेपाल टेलिकमकाे सहयाेग तथा छायानाथ रारा नगरपालिकाको पहलमा रारा राष्ट्रिय निकुञ्जका मिलिलगायत विभिन्न ठाउँहरूमा ढकन भएका डस्टबिनहरूकाे ब्यवस्था गरेकाे भएपनि रातारात सबै डस्टबिन चाेरि भएको र खाल्डाेहरू बाहेक हाल सम्म कुनै निकायले डस्टबिनहरूकाे ब्यवस्था नगर्दा हावा लागेकाे बेला र चराचुरिङ्गिले खाडल भित्रका सबै फाेहाेर बाहिर छरिने र फाेहाेर देखिने गरेको पनि प्रमुख संरक्षण अधिकृत घिमिरेले गुनासो सुनाउनु भयो ।

बर्षाै देखि राराकाे विकासकाे नाममा आउने कराेडाैं रूपैयाँ बालुवामा पानी जस्तै भएकाे स्थानियहरूले आराेप लगाउँदै आएका छन् । रारामा आउने प्रदेश सरकार र संघीय सरकारका योजना कसरि माग हुन्छ, कहिले सम्झौता र कहिले अनुगमन को बाट हुन्छ आफुहरुलाई पत्तै नहुने छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऎश्वर्या मल्ल बताउनु हुन्छ ।

गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार दुई सय पर्यटक रारा पुगेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?