के चीनले कोभिड-१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ?

हिमालय टाइम्स
Read Time = 2 mins

बेइजिङ । के चीनमा संक्रमणका घटना बढ्दै जाँदा चिनियाँ सरकारले कोभिड-१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ? महामारीविद्हरूले जाडोमा देशमा भाइरसको कम्तिमा तीनवटा लहर आउने भविष्यवाणी गरेका छन् । देशव्यापी विरोध प्रदर्शनपछि सरकारले तयारीबिना शून्य कोभिड नीति अन्त्य गरेको हङकङ पोस्टले रिपोर्ट गरेको छ ।

चीन सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्यामा मौन छ । यद्यपि, चिनियाँ अधिकारीहरूले आगामी महिनाहरूमा कोभिड संक्रमणको क्रमिक छालहरू बारे चेतावनी दिएका छन् । किनकि यस महिनाको सुरुमा प्रतिबन्धहरू हटाएपछि संक्रमणका घटनाहरू बढ्दै गएका छन् ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद् वु जुनयुको भनाई उद्धृत गर्दै लेखेको छ,  ‘हालको प्रकोप यो जाडोमा चरम सीमामा रहनेछ र करिब तीन महिनासम्म तीनवटा लहरमा चल्ने छ ।’

वु जुनयुले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएको पत्रिकाले जनाएको छ । जुनयुका अनुसार अहिलेदेखि नै मध्य जनवरीसम्म पहिलो लहर चल्नेछ । त्यस्तै, दोस्रो लहर  २१ जनवरीबाट सुरु हुने चन्द्र नयाँ वर्षको लागि देशभरि करोडौं मानिसहरूको सामूहिक यात्राले  उत्प्रेरित गरेको छ ।

चीनले फेब्रुवरीको अन्त्यदेखि मार्चको मध्यसम्म तेस्रो लहरको सामना गर्ने उनले भविष्यवाणी गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?