कालीकोट । गत कार्तिक १७ गते गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई कालीकोटको खाँडाचक्र नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।
शुक्रबार खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले भूकम्प पीडित नागरिकलाई सहयोग गर्न नगरपालिकाको तर्फबाट ५ लाखको चेक कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गर्नुभएको हाे ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले भूकम्प प्रभावित नागरिकलाई राहत तथा पुनःनिर्माणका लागि एकद्वार प्रणालीबाट नगरपालिकाले गर्न सक्ने सहयोग रकम मुख्यमन्त्री विपद् कोषमार्फत वितरण होस् भन्ने उद्देश्यले मुख्यमन्त्रीलाई चेक हस्तान्तरण गरिएको बताउनुभयो ।
कालीकोटका नौ वटा स्थानीय तह मध्ये जिल्लाको रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले प्रदेश विपद् ब्यवस्थापन कोषको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रकम सहायता उपलब्ध गराउने निर्णयसमेत गरेका थिए । तर कुनै निर्णय नै नगरी राहतका लागि प्रदेशका मुख्यमन्त्रीलाई पाँच लाखका चेक हस्तान्तरण गर्नेमा भने खाँडाचक्र नगरपालिका पहिलो हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच