सिन्धुलीको कमालामाई नगरमा गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी कायम

Read Time = 2 mins

सिन्धुली । कमलामाई नगरपालिकामा सत्ता गठबन्धनबाट दीर्घराज श्रेष्ठको उपप्रमुख पदका उम्मेदवारी दर्ता कायम भएको छ ।
मनोनय दर्ताकाको अन्तिम दिन १२ गते उपप्रमुखमा मनोनयन दर्ता गराएका श्रेष्ठको बन्द सूचीमा नाम रहेको भन्दै सफ्टवेयरमा प्रविष्ट नहुँदा श्रेष्ठको उम्मेदवारी रद्द भएको थियो ।
मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बन्द सूचीको नाम हटेर नगर उपप्रमुख उम्मेदवार श्रेष्ठको नाम इन्ट्री भएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगको सफ्टवेयरमा श्रेष्ठको नाम दर्ता भएर उम्मेदवारी कायम भएसँगै कमलामाई नगरपालिकामा उपप्रमुख पदमा पाँच दलबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक प्रणालीको बन्द सूचीमा श्रेष्ठको नाम मंगलबार सूचना प्रकाशित गरेको थियो ।

‘गएको फागुन महिनामै बन्द सूचीबाट नाम फिर्ताका लागि दलले पत्र पठाएको र निर्वाचन आयोगमा नाम हट्न नसकेकाले व्यवधान खडा भएको थियो,’ उपप्रमुख उम्मेदवार श्रेष्ठले भन्नु भयो, बन्द सूचीबाट नाम हटेसँगै प्रतिस्पर्धा गर्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुन परेन ।’
उहाँले गठबन्धनबाट कमलामाई नगरपालिका प्रमुखमा नेपाली काँग्रेसको नेता उपेन्द्र पोखरेल र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट आफू भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?